आगामी आर्थिक वर्षका लागि कीर्तिपुरले कर नबढाउने
नेपालबहस संवाददाता
असार ८, २०७७ सोमबार २०:१०:५२
८ असार, कीर्तिपुर । कोरोना भाइरसका कारण स्थानीयवासीलाई असर पर्ने जनाउँदै कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट लिइँदै आएको कर नबढाउने भएको छ । कोरोना भाइरसलाई ध्यानमा राख्दै नगरपालिकाले कुनै करको दर नबढाई यथावत् राख्ने निर्णय गरेको राजश्व परामर्श समितिले जनाएको छ ।
परामर्श समितिको यही असार २ गते बसेको आकस्मिक बैठकले आगामी आव २०७७/०७८ का लागि सबै कर यथावत् राख्ने निर्णय गरेको परामर्श समितिका संयोजक उपप्रमुख सरस्वती रिजालले जानकारी दिए। उनका अनुसार समितिको प्रतिवेदन असार २ गते नै नगरपालिकाका प्रमुख रमेश महर्जनलाई बुझाइएको हो ।
प्रमुखलाई प्रतिवेदन बुझाइए पनि नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छैन । मङ्गलबार बस्ने कार्यपालिकाको बैठकले आर्थिक विधेयक २०७७ मा करका दरलाई चालु आवमा नबढ्ने गरी आर्थिक विधेयक स्वीकृत गर्न नगरसभालाई सिफारिस गरेको छ । नगरसभा बैठक असार १० गते हुने जनाइएको छ ।
आव २०७६/०७७ मा रु १२ करोड राजश्व उठाउने अनुमान गरिएकामा जेठ मसान्तसम्म रु आठ करोड ४५ लाख मात्र राजश्व संकलन भएको उपप्रमुख रिजालले जानकारी दिए । “अनुमान गरे जति कर नउठेपछि हामीले आगामी वर्ष कर नबढाउने तर करको दायरालाई विस्तार गर्दै लैजाने तयारी गरेका हौँ”, उनले भने।
पीसीआर ल्याब स्थापनाको तयारी
त्रिभुवन विश्वविद्यालय परिसरमा लायन्स क्लबले स्थापना गरेको ब्लड बैंँकको भवनमा नगरपालिकाले पीसीआर ल्याब स्थापनाको तयारी गरेको छ । त्रिविमा रहेको पीसीआर मेसिन प्रयोग गरी नगरपालिकाले ल्याब सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता रिजालले जानकारी दिए । नेपाल सरकारको स्वीकृतिअनुसार ल्याब सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो ।
नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा राहतको व्यवस्थापन गर्नका लागि आकस्मिक राहत कोष २०७६ बाट नै खर्च हुने गरी आवश्यक उपकरण खरीद गरिएको नगरपालिकाले जनाएको छ । प्रयोगशाला सञ्चालनका लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डानुसारको बायोसेफ्टी क्याबिनेट, अटो क्लिफ मेसिन र रेफ्रिजेरेटरलगायत उपकरण खरीद गरिएको छ ।
दुई चरणमा नगरपालिकाले उक्त कोषमा रु एक करोड ५० लाख जम्मा गरेको छ भने सहयोगसमेत आइरहेको जनाइएको छ । कोरोनाका विषयमा नगरपालिकाबाट हुने सम्पूर्ण खर्च उक्त कोषबाट गरिँदै हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार