कर्णालीमा पनि थपिए २६ जना कोरोना संक्रमित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ८, २०७७ सोमबार २२:३०:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-4_yYwu8j3oeG.jpg)
८ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्र प्रयोगशालमा भएको परीक्षणबाट सोमबार २६ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सुर्खेका १८, सल्यानका ४, दैलेख २ जना र हुम्लाका एक जना रहेका छन् । सुर्खेतका संक्रमितहरु भेरीगंगा नगरपालिकाका ११ जना पुरुष, वीरेन्द्रनगर नगरपालिका ५ महिला र बराहताल गाउँपालिकाका २ जना पुरुष रहेका छन् ।
सल्यानका चारैजना पुरुष हुन् । उनीहरु सबै बनगाड कुपिन्डे नगरपालिकाका हुन् । यस्तै दैलेखका एक महिला र दुई पुरुष नारायणनगरपालिकाका हुन् ।
एकजना संक्रमितको भने महिला या पुरुष भन्ने खुलेको छैन । तर उनको हुम्लाको ताजाकोट गाउँपालिका-६ ठेगाना रहेको र उमेर २५ वर्ष उल्लेख गरिएको छ। योसँगै कर्णालीमा संक्रमितको संख्या १२८२ पुगेको छ ।
सोमबार थप २० जना कोरोना संक्रमित डिस्चार्ज
कर्णालीमा सोमबार थप २० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । रुकुम पश्चिमको चौरजहारी अस्पतालको आइसोलेसनबाट सल्यानका ९ जना पुरुष, सुर्खेतको सालकोट आइसोलेसनबाट एक महिलासहित ६ जना, मेहेलकुना अस्पतालको आसोलेसनबाट दुईजना पुरुष र ३ जना महिला गरी २० जना डिस्चार्ज भएका हुन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५५१ पुगेको छ । हालसम्म ४ जनाको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुमा हतियार देखाउँदै सिँगै गाउँ लुट्ने समूहका ३ जना पक्राउ, ५ अझै फरार
असार २३, २०८१ आइतबार
तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न
असार १८, २०८१ मंगलबार
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
असार १४, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार