अङ्गीकृत नागरिकता सम्बन्धी निर्णय पुनःविचार गर्न माग
नेपालबहस संवाददाता
असार ८, २०७७ सोमबार २३:२७:४४
८ असार, काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गरेका छन् ।
सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा नेकपा सचिवालयले गरेको निर्णयको असर राज्य व्यवस्था समितिमा परेको र उक्त निर्णय अदूरदर्शी र अपरिपक्व भएको टिप्पणी गरे । उनले तराई मधेसका जनताको भारत सीमाक्षेत्रका नागरिकसँगको विवाह सम्बन्ध तोडेर मुलुकको राष्ट्रियता बलियो नहुने तर्क गर्दै भारतसँगको सांस्कृतिक सम्बन्ध कसैले तोडेर नटुट्ने बताए । साथै उनले निर्णयमा पुनःविचार गर्न आग्रह गरे । उनले मुलुकको परराष्ट्र नीति दुई छिमेकी चीन र भारतसँगको समुदरीका आधारमा हुनुपर्ने बताए ।
सांसद मृगेन्द्रकुमार सिंह यादवले नागरिकता विधेयक सम्बन्धमा नेकपाले सहमतिको बाटो छोडेर निर्णय गरेको भन्दै यसमा दुःख लागेको बताए । उनले उक्त निर्णयले तराईका समुदायको संस्कृतिमाथि अतिक्रमण हुने आरोप लगाए । फरक प्रसङ्गमा उनले खेतीपातीको समय भएको र विदेशबाट पनि धेरै युवा स्वदेश फर्केको समयमा मलको उचित व्यवस्था गर्नुपर्ने सरकारसँग माग गरे।
सांसद देवेन्द्र दाहालले शून्य र विशेष समयमा बोलेको कुरा वेवारिसे हुने गरेको उल्लेख गर्दै रेकर्डमा मात्र सीमित हुने र जनताका कुरा उठ्ने काम नहुने विषयले खासै अर्थ राख्दैन भने । उनले जनताका कुरा सुनुवाइ नभएको देखिएको हुँदा आगामी दिनमा समाधानका लागि सभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद शेखरकुमार सिंहले वर्षायाम शुरु भएको बताउँदै तराई मधेसमा वर्षेनी बाढीबाट हुने क्षतिका सम्बन्धमा समयमै सरकारले ध्यान दिई समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए। उनले तटबन्ध निर्माण गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ध्यानाकर्षण गराए । साथै सो क्षेत्रमा किसानको बालीनालीमा वन्यजन्तुले गर्ने क्षती बारेमा वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
एसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
आणविक हतियारको प्रयोगलाई अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर
मंसिर ५, २०८१ बुधबार
राफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार