आज एकैदिन ३७० कोरोना सङ्क्रमित डिस्चार्ज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ८, २०७७ मंगलबार ०:८:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/Coronamukt-Nasim-2_hrX0zJLaso.jpg)
८ असार,काठमाडौं । कोरोना भाइरसबाट निको भएर घर फर्कने सङ्ख्या आज अहिलेसम्मकै धेरै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट आज एकैदिन ३७० जना घर फर्किएका बताए । तीमध्ये ३३८ पुरुष र ३२ महिला निको भएर घर फर्किएका छन् ।
आइतबार मात्र १९४ जना डिस्चार्ज भएका थिए । आज डिस्चार्ज भएर घर फर्कनेमा दैलेखस्थित दैलेख अस्पतालबाट धेरै रहेका छन् । उहाँका अनुसार उक्त अस्पतालबाट निको भएर घर फर्कनेमा २६५ जना रहेका छन् । तीमध्ये १९ महिला र २४६ पुरुष रहेका छन् ।
कोरोना विशेष अस्पताल दाङबाट एक महिला र पाँच पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट चार महिला र दुई पुरुष, कालिकोट अस्पताल कालिकोटबाट दुई महिला र २६ पुरुष, सल्यान अस्पताल सल्यानबाट एक महिला र ३६ पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट दुई महिला र नौ पुरुष, धादिङ अस्पताल धादिङबाट चार महिला र १३ पुरुष रहेका छन् । अहिलेसम्म दुई हजार १४२ जना डिस्चार्ज भइसकेका छन् । तीमध्ये १६१ महिला र एक हजार ९६१ पुरुष छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार