एघार विधामा आइसिटी अवार्ड हुने, आजदेखि अनलाइन नोमिनेशन शुरू
नेपालबहस संवाददाता
असार ८, २०७७ मंगलबार ०:२०:५५
८ असार, काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा स्थापित आइसिटी अवार्डको पाँचौँ संस्करणको अनलाइन नोमिनेशन ‘आवेदन’ आजदेखि शुरु भएको छ ।
‘लिभिङ विथ आइसिटी’को आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन आगामी साउन १६ गतेसम्म खुला गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । काेराेना महामारीका कारण आइसिटी अवार्ड यस वर्ष केही समय ढिला हुन गएको छ । हरेक वर्ष १७ अगस्टमा आयोजना हुने अवार्डको फिनाले कार्यक्रम यस वर्ष केही समय ढिला हुनेछ । अनलाइन आवेदनको मिति सकिएपछि समय र अवस्था हेरेर अवार्डको फिनाले मिति घोषणा गरिने आइसिटी अवार्ड २०२० का संयोजक राजन लम्सालले बताए ।
उनका अनुसार ११ विधाका अवार्डमध्ये इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधा हुन् । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधा इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् ।
यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधा रहेका छन् । डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिने अवार्ड विधा रहेका छन् । सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्ट सम्मानित भइसकेका संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।
यस वर्ष अवार्डको छनोट प्रक्रियालाई व्यवस्थित र सहज बनाउन १२ जना जुरी सदस्य र १० बढी जुरी सल्लाहकार सदस्य रहेका छन् । छनोट प्रक्रिया विभिन्न चरणमा हुनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनमा विभिन्न चरणबाट उत्कृष्ट पाँच छान्दै अनलाइन तथा एसएमएस भोटिङ पनि सञ्चालन हुनेछ भने अन्य विधामा जुरी समूहले विभिन्न चरणमा छनोट प्रक्रिया सञ्चालन गर्नेछन् । अवार्डलाई निष्पक्ष, व्यवस्थित र अझ परिष्कृत बनाउने तयारी गरिएको संयोजक लम्सालले बताए ।
अवार्ड विजेतालाई विशिष्ट सम्मानसँगै शिल्ड प्रदान गरिनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट र इन्नोभेसनका विधाका विजेतालाई गत वर्ष झैँ बैंकको सरल कर्जा र लगानीसँग जोडिनेछ । अवार्डमा नोमिनेशन तथा आवेदन दिनका लागि आधिकारिक वेबसाइटमा गएर सम्बन्धित विधा ‘क्याटेगोरी’ अनुसार अनलाइन फारम बुझाउनुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायती अखबार द गार्डियनले 'एक्स' मा अब केही पोस्ट नगर्ने
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना
कात्तिक १५, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार