अभिभावकलाई निजी बिद्यालयको शुल्क नर्तिन नेबिसंघको आव्हान
नेपालबहस संवाददाता
असार ८, २०७७ मंगलबार ०:२२:९
८ असार, काठमाडौं । नेपाल बिद्यार्थी संघले निजी बिद्यालयहरुलाई कुनैपनि शुल्क नतिर्न अभिभावकहरुलाई आव्हान गरेको छ । नेबिसंघका अध्यक्ष राजीव ढुङगानाले आज एक विज्ञप्ति जारी गर्दै शैक्षिक संस्था नखुलुन्जेलको अवधिभरको कुनैपनि प्रकारको शुल्क नतिर्न सम्पूर्ण अभिभावकहरुलाई अपिल गरेका छन् ।
निजी बिद्यालयका दुई संस्थाले प्याव्सन र नेशनल प्याब्सन नेपालद्वारा हिजो असार ७ गते जारी गरिएको संयूक्त अपिल प्रति नेबिसंघको गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त निर्णय फिर्ता लिन र सरकारले गम्भीरतापूर्वक समस्या समाधान गर्न तदारुकता देखाउन अध्यक्ष ढुङगानाले आग्रह गरेका छन् । विद्यार्थीका अभिभावकहरुसँग शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क असुल्ने कुरा नेबिसंघलाई कुनै हालतमा मान्य नहुने पनि उनले प्रष्ट पारेका छन् ।
त्यस्तै नेबिसंघका महामन्त्री यूवराज पाण्डेले विद्यालय नखुलुन्जेलसम्म विद्यार्थीसँग कुनैपनि शुल्क लिन नपाइने बताउँदै प्यावसन र नेशनल प्यावसनको शुल्क असुल्ने निर्णय तत्काल फिर्ता गर्न माग गरेका छन् । संस्थागत विद्यालयका मर्का र जायज समस्या समाधानका लागि सरकारले जवाफदेही बन्नु पर्ने बताउँदै महामन्त्री पाण्डेले शिक्षा मन्त्रालय लाचार छाँया भएर बस्न नहुने बताए ।
“विगत लामो समयदेखि नेपाली विद्यार्थीहरु लकडाउनका कारणले घरमै सिमित भएर बसेको सर्वविदितै छ । मुखमै आएका विभिन्न परीक्षाहरु स्थगित भएको मात्र हैन, विद्यालयहरु कहिलेदेखि सुचारु हुन्छन भन्ने अन्यौलता समेत रहेको र कोरोना संक्रमणका त्रासले मनोवैज्ञानिक रुपमा समेत त्रसित भएर बसेको यस अवस्थामा नेपाली विद्यार्थीहरुले तनाव, दवाव र त्रास एकसाथ झेलीरहेका छन् । यस्तो अवस्थामा विगत ३ महिनादेखि बन्द रहेको विद्यालयहरुले यस बीचको शुल्कहरु चुक्ता गर्न अभिभावकहरुलाई गरेको अपिल हास्याँस्पद र भत्सर्नायोग्य रहेको” नेबिसंघद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा शिक्षा मन्त्रालयले विगत गत बैशाख २२ गते मन्त्रीस्तरियमा निर्णय गरी नेपाल सरकारबाट अर्काे निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि तह वा कक्षामा नयाँ भर्ना नगर्नु, नगराउनु र भर्नाका नाममा वा अनलाइन पठनपाठनका नाममा कुनै शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लाउने कार्य नगर्नु भनेर प्रष्ट निर्देशन गरेको अवस्थामा प्याब्सन र नेशनल प्याब्सनले कसरी यस्तो अपिल गरे ? भन्ने प्रश्न उठाइएको छ ।
प्याब्सन र नेशनल प्याब्सनले यसरी खुल्ला अपिल जारी गरेर अभिभावकहरुलाई शुल्क (बाँकी बक्यौता) बुझाउन भन्दा पनि शिक्षा मन्त्रालय र यो सरकार के हेरेर बसिरहेको छ ? आज नेपाली विद्यार्थीहरु अचम्भित भएर यो प्रश्न गरिरहेको सो विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार