कर्णालीको छैटौँ अधिवेशन : ‘व्यापार व्यवसायको दर्तासम्बन्धी विधेयकमा छलफल’
नेपालबहस संवाददाता
असार ८, २०७७ मंगलबार १:५२:३९
८ असार, सुर्खेत । ‘कणालीमा प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ माथि सैद्धान्तिक छलफल भएको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको १९औँ बैठकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ‘कणालीमा प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ सैद्धान्तिक छलफलका लागि सभासमक्ष पेश गरेसँगै विधेयकमाथिको छलफल भएको हो ।
छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य राजु नेपालीले कुनै पनि व्यापार व्यवसाय गर्ने नागरिक एवं कम्पनीलाई सहज पहुँच हुने ऐन ल्याउनुपर्ने धारणा राखे । प्रदेशसभा सदस्य यज्ञबहादुर बिसीले दर्तामा शुल्क लिनुपर्ने, इजाजत, खारेजी, कसुर तथा सजायका कुरा चुस्त बनाइपनुपर्ने मत राखे । अर्का सदस्य बद्मीक्वारी बोहोराले दर्ता, ठाउँसारी, नवीकरणजस्ता कुरामा हिजो काठमाडौंमा धाएजस्तो हुन नहुने र झण्झटिलो प्रक्रियाबाट उद्यमीलाई मुक्त हुने गरी विधेयक ल्याउनुपर्ने राय व्यक्त गरे ।
त्यसैगरी अर्का सदस्य सोशिला शाहीले साना लगानीका उद्यमीलाई बल पुग्ने गरी ल्याएको ऐनले प्रदेश तथा यहाँका नागरिकको हित हुने धारणा राख्नुभयो । सदस्य हिमबहादुर शाहीले विधेयकमा उल्टो छाप लगाएर सदस्यलाई वितरण गरिएको भन्दै आपत्ति जनाए। उनले सरकारलाई तत्काल विधेयक फिर्ता लिन पनि सुझाएका थिए ।
उद्योगमन्त्री बुढाले प्रदेशसभा सदस्यले उठाएको जिज्ञासाको जवाफ दिँदै कर्णाली सरकारले ढिलै भए पनि कर्णालीको व्यापार व्यवसाय दर्ता तथा सञ्चालनमा सहजता ल्याउन विधेयक ल्याएको र प्रदेशसभा सदस्यबाट आएका सुझावलाई समेटेर ऐन निर्माण गरिने बताए । उनले विधेयकमा भएका त्रुटिलाई सच्याएर यहाँको सापेक्षतामा ल्याइने विश्वास दिलाए ।
बैठकमा सभामुख राजबहादुर शाहीले विधेयकमाथिको सैद्धान्तिक छलफल समाप्त भएको बताउँदै सो विधेयकमाथि संशोधनको सूचना हाल्न ७२ घण्टाको समयसीमा निर्धारण गरिएको जनाए । बैठकमा कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष अमरबहादुर थापाले कर्णाली प्रदेशको ‘वातावरण संरक्षण गर्ने सम्बन्धमा बनेको विधेयक, २०७६’ माथिको संशोधनसहितको प्रतिवेदन सभामा पेश गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार
नेप्से दोहोरो अंकले घट्यो, चार अर्ब भन्दा बढीको कारोबार
असार १२, २०८१ बुधबार
रहस्यमय मृत्युलाई लिएर कराँचीमा उच्च सतर्कता अवलम्बन
असार १२, २०८१ बुधबार
संसदीय छानबिन समितिले माग्यो गोरखा मिडिया नेटवर्कमा लगानी गरेका सहकारीको कागजात
असार १२, २०८१ बुधबार
तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने
असार १२, २०८१ बुधबार