टुर्गानद्वारा पर्यटक ऐनका लागि सरकारलाई सुझाव
नेपालबहस संवाददाता
असार ८, २०७७ मंगलबार २:२२:३३
८ असार, काठमाडौं । टुरिस्ट गाइड एशोसिएसन अफ नेपाल ‘टुर्गान’ले सरकारले ल्याउन लागेको नयाँ पर्यटन ऐनका लागि विभिन्न सुझाव दिएको छ । टुर्गानका अध्यक्ष केदार तामाङसहितका पदाधिकारीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलाई भेटेर केही बुँदा संशोधनसहितको सुझाव पत्र बुझाएका छन् ।
छलफलको क्रममा रहेको पर्यटन विधेयकको दफा ३१ मा रहेको ‘नगर गाइड’ शब्द हटाई पर्वतीय पथप्रदर्शक, सांस्कृतिक पर्यटक पथप्रदर्शक, पदयात्रा पथप्रदर्शक, स्थानीय पथप्रदर्शक वा अन्य यस्तै वर्गीकरण गर्न, पर्यटक पथप्रदर्शकको नवीकरण गर्दा कुनै प्रकारको पुनर्ताजगी तालीम लिएको तथा टुर्गानको सिफारिस आवश्यक पर्ने व्यवस्थासहितको ऐन ल्याउन मन्त्री भट्टराईलाई सुझाव दिएको टुर्गानका अध्यक्ष तामाङले जानकारी दिए ।
विदेशी नागरिकले पथप्रदर्शकको रुपमा कार्य गर्न नपाउने कुरा स्पष्ट नभएको र उक्त विषय स्पष्ट हुने गरी यस्तो कार्य गरेमा रु एक लाखसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजायको व्यवस्था गर्नुपर्ने तथा कुनै संस्थाले अनाधिकृत व्यक्तिलाई पथप्रदर्शकको काम लगाएमा रु ५० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था गर्न सुझाव दिइएको छ । “मन्त्री भट्टराईले सुझावलाई सकारात्मक रुपमा लिएको छ, ऐनमा समावेश गर्ने आश्वासन दिएको छ”, तामाङले भने।
सो अवसरमा मन्त्री भट्टराईले व्यवसायीका आवश्यक सल्लाह र सुझावलाई समावेश गरी ऐनलाई व्यवसायमैत्री बनाउन आश्वासन दिएको टुर्गानका प्रमुख कार्यकारी अधिकृत शिव अधिकारीले बताए। “समयसापेक्ष ऐन निर्माण गरी पथप्रदर्शकको हकहित संरक्षण गरी पर्यटन क्षेत्रको विकासका लागि सुझाव दिएका छौँ”, उनले भने । सरकारले ४२ वर्षपछि नयाँ पर्यटन ऐन ल्याउन लागेको हो । विसं २०३५ मा ल्याइएको ऐन नै अहिलेसम्म कार्यान्वयनमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार