आज पनि एकैदिन १७ चार्टर्ड उडान
नेपालबहस संवाददाता
असार ८, २०७७ मंगलबार ४:५०:५७
८ असार, काठमाडौं । मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १७ चार्टर्ड उडान भएका छन् । अन्तराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ ।
आज नेपाल वायुसेवा निगम ‘नेपाल एयरलाइन्स’ ले बहराइनबाट १५० यात्रुको उद्धार गरी काठमाडौं ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले पाकिस्तानको ईस्लामाबादबाट ७२ यात्रु ल्याएको छ । सोही एयरलाइन्सले माल्दिभ्सबाट १५६ यात्रु ल्याएको छ ।
जजीरा एयरले कुवेतबाट १६०, एयर अरेबियाले सारजहाबाट १६५ यात्रु काठमाडौं ल्याएको विमानस्थलले जनाएको छ । हिमालयले चीनको कुम्लिंमा दुई कार्गो उडान गरेको छ । आज राति नेपाल एयरलाइन्सको वाइड बडी जहाज अष्ट्रेलियाको सिड्नी उडेको जनाइएको छ ।
त्यसैगरी हिमालय एयरलाइन्सको जहाज आज राति १०ः०० बजे दोहा उड्ने तालिका रहेको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ आज समिट र तारा एयरले लुक्लामा समान एक उडान गरेका छन् । मनाङ एयरको लुक्लामा तीन उडान भएको छ । सिम्रिक एयरको हेलिकप्टरले सोलुखुम्बु र कैलाश एयरको हेलिकप्टरले भैरहवा उडान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । त्यस्तै कतार एयरले ३०३ यात्रु लिएर दोहा उडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार