प्रदेश सरकारद्वारा दमौली अस्पताललाई एक करोड ४३ लाख बजेट
नेपालबहस संवाददाता
असार ९, २०७७ मंगलबार १५:३३:२६
९ असार दमौली । गण्डकी प्रदेश सरकारले तनहुँको सदरमुकामस्थित दमौली अस्पताललाई रु एक करोड ४३ लाख ६४ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि अस्पताललाई उक्त बजेट विनियोजन गरेको हो ।
अस्पताल सुृदढीकरण, आँखा सेवा, डायलायसिस सेवा, एम्बुलेन्स खरिद, औषधि खरिदलगायतका शीर्षकमा प्रदेश सरकारले बजेट विनियोजन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । उनका अनुसार विपद् पूर्वतयारीसम्बन्धी कार्यक्रमका लागि रु एक लाख ५० हजार, एनसीयु एनआइसीयु सेवा निरन्तरताका लागि रु १० लाख दुई हजार, डायलायसिस सेवा सञ्चालन तथा निरन्तरताका लागि रु १० लाख दुई हजार, नसर्ने रोग क्यान्सर, मुटुरोग, मिर्गौला, दीर्घश्वासप्रश्वास रोग० तथा मानसिक स्वास्थ्य क्लिनिक कार्यक्रम सञ्चालन तथा निरन्तरताका लागि रु नौ लाख, अस्पताल सुदृढीकरण कार्यक्रम, बृहत् आकस्मिक प्रसूति तथा नवशिशु स्याहार सेवा सुदृढीकरणका लागि रु ३४ लाख ५० हजार बजेट विनियोजन भएको छ ।
आँखा सेवा कार्यक्रम सञ्चालनका लागि अल्थाल्मिक असिस्टेन्ट र नेत्र सहयोगी सेवा करारका लागि रु सात लाख ६० हजार, बिरामीका लागि खाद्यान्न एवं सुत्केरी भत्ताका लागि रु १० लाख, आधारभूत एवं अत्यावश्यक औषधि खरिदका लागि रु पाँच लाख, एम्बुलेन्स खरिदका लागि रु १२ लाख विनियोजन भएको छ । त्यस्तै १५ श्ययाको अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्नका लागि जग्गा प्राप्ति र विस्तृत आयोजना प्रतिवेदन तयार गर्नका लागि रु ३५ लाख बजेट विनियोजन भएको छ ।
जग्गा अभावकै कारण अस्पतालको स्तरोन्नति हुनसकेको छैन । हाल १५ श्ययामा सञ्चालित अस्पताललाई ५० श्ययाको अस्पतालमा स्तरोन्नति गर्न कम्तीमा ३५ देखि ८० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्ने देखिएको छ । अहिले दमौली अस्पताल १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । तनहुँका साथै कास्कीको पूर्व र लमजुङको पश्चिम क्षेत्रका सर्वसाधारणलाई सेवा प्रवाह गर्दै आइरहेको अस्पताललाई थप सुविधासम्पन्न बनाउन स्तरोन्नति आवश्यक रहेको अधिकारीले जानकारी दिए ।
दैनिक १०० भन्दा बढी बिरामी अस्पतालमा स्वास्थ्य उपचारका लागि आउने गरेका छन् । हाल दमौली अस्पतालमा सरकारी दरबन्दीमा तीन चिकित्सक छन् । त्यसमध्ये एक मेडिकल सुपरिटेन्डेन्ट हुन् । साथै करारमा समेत गरी आठ चिकित्सकले सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार