घर निर्माण गरेका आठ परिवारलाई रकम हस्तान्तरण
नेपालबहस संवाददाता
असार ९, २०७७ मंगलबार १६:२८:५५
९ असार खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आठ घर गरिब परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि एकमुष्ट रु तीन लाख पाँच हजारका दरले रकम प्रदान गरिएको छ । प्रदेश सरकारद्वारा सञ्चालित जनता आवास परियोजनाअन्तर्गत नगरपालिकाका १४ घर गरिब परिवार छनोट गरिएकामा घर निर्माण सम्पन्न गरेका आठ घरपरिवारलाई सोमबार रकम प्रदान गरिएको हो ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गा फिल्ड युनिट खोटाङले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले रकमको चेक हस्तान्तरण गरे । गरिब घरपरिवारलाई रकम हस्तान्तरण कार्यक्रममा नगरस्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुख, पत्रकारलगायतको उपस्थिति थियो ।
गरिबीका कारण ओत लाग्ने घर निर्माण गर्न नसकेर छाप्रोमा बस्दै आएका नगरवासी प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट नयाँ घर निर्माण गर्न पाएपछि हर्षित भएका छन् । “घर निर्माण गर्ने पैसा अभावले हामी झुप्रोमा जीवन बिताइरहेका थियौँ”, रकम बुझेपछि वडा नम्बर–७ दोर्पाकी कविता राईले भने “सङ्घीयता कार्यान्वयन भएपछि गरिबलाई पनि सरकारले हेर्दोरहेछ भन्ने अनुभूति भएको छ ।”
दश स्थानीय तह रहेको जिल्लामा उक्त कार्यक्रमअन्तर्गत यस वर्ष १०० घर निर्माण गरिएको फिल्ड युनिट खोटाङका कार्यालय प्रमुख प्रमोद मण्डलले बताए । कार्यालय प्रमुख मण्डलका अनुसार जिल्लामा सबै घर निर्माण सम्पन्न भइसकेकाले केही दिनभित्रै रकम प्रदान गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार