गल्याङ नगरपालिकाले अर्को लिलाबल्लौ जन्माउन लागेको भन्दै राम्दीबासी आन्दोलित (भिडियोसहित)
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
असार ९, २०७७ मंगलबार १९:५२:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/Bishnumaya-basyal_lnovoK1zmy.jpg)
९ असार, स्याङ्जा । विश्वभरी स्वास्थ्य संकट परिरहेको बेला गण्डकी प्रदेशको मुख्यनाका राम्दीमा कार्यरत एक स्वास्थकर्मीको मनोबल कमजोर हुने गरि सरुवा गरिएको भन्दै राम्दीका स्थानीय जनता नै आन्दोलित भएका छन् । गल्याङ नगरपालिकाले अनावश्यक दवाव दिने तथा स्थानीय जनता र सुरक्षाकर्मीले नरुचाएको बाहानामा नगरपालिकाले सरुवा गरेपछि उक्त सरुवा बदर गर्न माग गर्दै राम्दीबासीको हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालय स्याङ्जा र नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका हुन् ।
राम्दीमा रहेको मालुङा टुनिबोट स्वास्थ्य चौकी प्रमुख बिष्णुमाया बस्याललाई राम्दीका जनताले नरुचाएको भन्ने भ्रम छरेर नगरपालिकाले सरुवा गरेको बिरोधमा त्यहाँका जनता एक भएका हुन् । “हामीलाई एउटा सिटामोल समेत उहाँले नै ल्याईदिने हो । नगरपालिकाका अरु कुन कर्मचारीले हाम्रो हेरचाह गरेका छन् र ? हरेक कुरामा राजनीति गर्ने ? स्थानीयबासीको आक्रोश थियो । हाम्रो हेरचाह जसले गर्छ उसैलाई हाम्रो नाम बेचेर अन्तै सरुवा गर्ने ? को हो यस्तो स्वास्थ्यकर्मी माथि राजनीति गर्ने ? उसलाई कालोमोसो दलेर घुमाउनु पर्छ ।” राम्दीस्थित बृद्ध आश्रमकी एक बृद्ध आमाको भनाइ थियो । उनीहरुको सामुहिक माग छ, “यो वृद्ध आश्रममा हाम्रो हेरचाह गर्ने उहाँनै हो । त्यसैले राजनीतिक स्वार्थको लागि गरिएको सरुवा हामीलाई मान्य छैन ।”
स्वास्थ्यकर्मी बस्यालको सरुवा बदर नभए आन्दोलन समेत गर्ने भन्दै नगरपालिकालाई ध्यानाकर्षण पत्र लेख्दै हस्ताक्षर समेत संकलन गरिएको छ । नगरपालिकाले बारम्बार टर्चर दिने गरेको हुँदा काम गर्न समेत कठिनाई भएको स्वास्थ्यकर्मी बस्यालको गुनासो थियो । जुन जनताको लागि यतिधेरै खटे, तिनै जनताले नरुचाएको भन्दै सरुवा गर्न लागिएपछि जिन्दगीको गलत निर्णय लिने मोडमा पुगेको तर यहाँ आएर जनतासामु सबै कुरा सुनाएपछि राम्दीबासीको सर्मथनले अब पुरा आयु बाच्ने अठोट गरेको बस्यालले नेपालबहस डटकमलाई बताइन् ।
गल्याङ स्वास्थ्य ईकाइ प्रमुख लिलाबल्लौ भण्डारीले बाध्य भएरै आत्महत्या गरेको हुनसक्ने दावी गर्दै उनले आफुपनि झण्डै मर्न लागेकाे बताइन् । यत्रो महामारीका बेला आफु रातदिन खटेर काम गर्दा पनि आफुमाथि अन्याय भएको उनको दुखेसो छ । स्वास्थ्यकर्मी बस्यालको सरुवा भएको हो भन्ने नेपालबहसको जिज्ञासामा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले घरपायक सरुवा गरेर उनैका लागि राम्रो गर्न खोजिएको बताए । सरुवा भईनसकेको बताउँदै अधिकृत पाण्डेले कही जाने की भनेर नगरपालिकामा बोलाईएको हो, घरनजिकै सरुवा हुँदा त झन् खुशी हुनुपर्ने उनकाे तर्क छ ।
तर स्वास्थ्यकर्मी बस्यालले भने गत जेठ २५ गते नै आफ्नो सरुवा भएको पत्र आएको तर आफुले नबुझेको नेपालबहसलाई बताइन् । आफुलाई स्वर्गीय लिलाबल्लौ भण्डारीले यस ठाँउमा खटाएकोमा गर्व गर्दै उनले आफ्नो कामको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र सीडीओ सापले समेत प्रशंसा गरेको दावी गरिन् । उनीहरु अनुगमनमा आउँदा पीपीई लगायतका स्वास्थ्य सामाग्री नगरपालिकाले नदिएको भन्दै नगरप्रमुख र अधिकृतलाई झपारेको प्रतिशोध नगरपालिका नेतृत्वले आफुसँग लिएको हुनसक्ने बस्यालको भनाई छ ।
मुख्यमन्त्री र सीडीओले नगरप्रमुख र कर्मचारीलाई के हो तपाईहरुको काम गराईको ताल ? पीपीई हुँदाहँदै पनि स्वास्थ्यकर्मीलाई किन नदिएको भन्दै झपारेको उनले बताइन् । नगरपालिकाले अर्को लिलाबल्लौ भण्डारी जन्माउन खोजेको भन्दै स्थानीयबासी आन्दोलित बनेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक एआईजी र एक डीआईजीका लागि दर्जन अधिकृतहरुको दौडधूप !
असार २४, २०८१ सोमबार
सत्ता समीकरणमा हलचल ल्याउने बेचनको बेचैनीमाथि प्रहरीको अनुसन्धान
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार