तिरहुतका वडाध्यक्षले अनियमितता गरेको भन्दै वडा सदस्यहरुले गरे तालाबन्दी
नेपालबहस संवाददाता
असार ९, २०७७ मंगलबार २०:४:२९
धीरुभाइ
९ असार, सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका वार्ड नम्बर २ सदस्यहरुले नै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । सो वार्डका अध्यक्ष जयप्रकाश यादवले नियम विपरीत काम गरी अनियमितता गरेको भन्दै निर्वाचित वडा सदस्यहरुले तालाबन्दी गरेको हो ।
वार्डको निर्माण, कृषि, स्वास्थ्य, शिक्षा लगायत सम्पूर्ण काममा विगत तीन वर्ष देखि नै स्थानीय सरकार सेवा ऐन २०७४ लाई मिचेर वडाध्यक्षले स्वेच्छाचारी, एकलौटी एवम् मनोमानि तरीकाले गुणस्तरहीन काम गरेको भन्दै निर्वाचित चारै जना वडा सदस्यहरुले तालाबन्दी गरेको हो ।
यसअघि उनीहरुले भण्डाफोर कार्यक्रम गरी तीन दिनको अल्टीमेटम दिनुको साथै जिल्ला प्रशासन कार्यालय सप्तरी र गाउँपालिका कार्यालयलाई ज्ञापनपत्र बुझाइएको थियो । अल्टिमेटम समय भित्र कहिकतैबाट सुनुवाइ नहुँदा तालाबन्दी गर्न बाध्य भएको वडा सदस्यहरुले बताइएको छ । माग पूरा नभएसम्म तालबन्दी जारी रहने वडा सदस्यहरुको कथन छ । वडा सदस्यहरु राजेन्द्र प्रसाद मरिक यादव, सतिस कुमार मिश्र, सकुन्ती देवी साह र इन्द्र कुमारी खंगसहितले समाजसेवी तथा पूर्व प्रअ भरत प्रसाद यादव, महानन्द साह, शिवचन्द्र यादव लगायतको उपस्थितिमा तालाबन्दी गरेको बताइएको छ ।
चालु आर्थिक वर्षको एक करोड ७७ लाख ६५ हजार ६ सय १४ रुपियाँको हरहिसाब सार्वजनिक गर्नुपर्ने, ०७४/७५ देखि हालसम्म वडामा प्राप्त आम्दानी र खर्च समेत सार्वजनिक गर्न उनीहरुले माग गरेको छ । यसअघि नौ बुँदे मागसहित गत ४ गते प्रमुख जिल्ला अधिकारी समक्ष बुझाइएको ज्ञापनपत्रमा पनि ति मागहरु समेटिएको थियो । यसैगरी शीर्षक बमोजिमको आयव्यय र योजनाहरुमा बिनियोजित रकम हिनामिना गरी अधुरो काम राखी भ्रष्टाचार गर्ने गरेकोले सोको अनुगमन र पुनः मूल्याङ्कनको माग गर्दै आन्तरिक स्रोतहरुबाट हुने आयआर्जनको पारदर्शी गर्न माग गरिएको छ ।
यता वडा अध्यक्ष यादवद्वारा भएको व्यापक अनियमितताका विवरण सहित जिल्ला प्रशासन कार्यालय र सम्बन्धित गाउँपालिका समक्ष लिखित जानकारी कुनैपनि सुनुवाइ नभएको वडा सदस्य राजेन्द्र प्रसाद मरिक यादवले गुनासो पोखेका छन । चालु आर्थिक वर्षमा वडालाई एक करोड ७७ लाख ६५ हजार ६ सय १४ रुपैयाँ खर्च शीर्षक रहेको छ जसमा ४० प्रतिशत मठमन्दिर निमार्ण तथा मर्मत सम्भार रहेको छ भने बाँकी सडक कलभर्ट निमार्ण तथा मर्मत सम्भारमा खर्चिने योजना रहेको छ ।
समाजसेवी तथा पूर्व प्रअ भरतप्रसाद यादवका अनुसार यस ठाउँको विकास र परिवर्तन वडा अध्यक्षले चाहेकै होइन, स्वच्छाचारी, बिभेदकारी, एकात्मक ढंगबाट जनतालाई गुम्राहा बनाई काम गर्न पल्केका वडा अध्यक्षलाई वार्षिक योजनाको कुनै अर्थ छैन । वार्षिक योजना बनाउने बेलामै चलखेल हुने र अनि उपभोक्ता समिति पनि गोप्य तरिकाबाट गठन हुने गरेको यादवको कथन छ ।
वडा अध्यक्षको कामलाई नजिकबाट नियालेका मैनाकडेरीका युवा उपेन्द्र कौडगिया यादव भन्छन यहाँ सिचाइँबिहिन अवस्थामा कृषकहरुले खडेरीको मार खेपिरहेका छन् तर सिचाइँको लागि लाखौं बजेट आउँछ यो रकम सिचाईमा खर्चिदैन । अरुको खेतमा पानीको लेयर आउँदैन तर अध्यक्षको खेतमा लेयर आउँछ र उसैकोमा वर्षेनी बोरिङ्ग गाडिन्छ यस्तो प्रवृति खेप्न बाध्य छन् यहाँका किसानहरु ।
गत वर्ष संचालनमा ल्याएको चन्द्र नहर देखि राम टोलसम्मको १५० मिटर लम्बाइको दुरीमा रहेको बाटो यस वर्ष पनि निमार्ण सम्पन्न हुने लक्ष्यण छैन स्थानिय राधेश्याम यादव, मुकेश यादवले एकै स्वरमा बताए । निमार्णधिन बाटो देखाउँदै इन्जिनियर समेत रहेका यादवद्वय भन्छन्, गत वर्ष १५ लाखको काम भयो र यस वर्ष २० लाखको अवस्था उस्तै देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार