ओली र प्रचण्ड स्थायी कमिटी बैठकबारे सल्लाह गर्दै
नेपालबहस संवाददाता
असार ९, २०७७ मंगलबार २१:१९:५५
९ असार, काठमाडौं । बुधबार भोलि असार १० मा डाकिएको नेकपा स्थायी कमिटी बैठकको अजेण्डा अझै तय भइसकेको छैन । बिना अजेण्डा बैठक गर्नुको औचित्य नहुने भन्दै नेकपका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीसँग भेट्न बालुवाटार पुगेका छन् ।
दुबै नेताबीच अहिले भेट भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टी गरेका छन् । भोलिका लागि बैठक डाकेको तर अजेण्डा भने तयार नभएको भन्दै असन्तुष्ट नेताहरुले दबाब दिएपछि प्रचण्ड बालुवाटार पुगेका हुन् ।खासगरी, अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन र सत्ता बाँडफाँटका विषयमा नै छलफल गरेर विवाद साम्य पार्ने ओलीको दाउ छ ।
यसका लागि प्रचण्डसमेत तयार छन् । तर स्थायी कमिटी सदस्यहरु भने बिना अजेण्डा बैठक बस्दा चाहिने भन्दा नचाहिने विषयमा बढी छलफल हुुने बताउँदैछन् । असन्तुष्ट नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमलाई समेत फकाउने काम ओलीले भित्र भित्रै गरिरहेको बुझिएको छ । तर अहिले नै सहमति भने भइनसकेको सूत्रको दावी छ ।
भोलिको बैठकमा ओलीले नयाँ नक्शा र नागरिकतासम्वन्धी कानूनमा गरिएको संशोधनको विषयलाई उपलव्धिका रुपमा उठाउने तयारी गरेका छन् । यसले विषयवस्तु नै अर्कातिर डाइभर्ट हुने ओली पक्षको बुझाई छ । तर असन्तुष्ट पक्षले भने एक व्यक्ति एक पद र एमसीसी प्रकरणमा ओलीलाई ¥याख¥याखी पार्ने रणनीति बनाएका छन् ।
जस्तो सुकै अवस्थाको सामना गर्ने तयारीमा रहेको ओली पक्षले सबै विवाद सत्ता साझेदारीमै टुंगिने दावी गरेको छ ।यसका लागि अनौपचारिक रुपमा अध्यक्ष प्रचण्ड र नेता नेपालसँग सम्बाद भइरहेको थाहा भएको छ । साथै, उपाध्यक्ष बामदेव गौतमलाई समेत शक्ति केन्द्रका रुपमा व्याबहार गर्ने रणनीति बनाइएको छ– बालुवाटार निकट स्रोतको भनाई छ । भोलिको बैठकले ठूलै हंगामा खडा गर्छ भन्ने हौवा मात्र भएको उनको दावी छ । सबै कुरा मिलिसकेको छ, असन्तुष्ट पक्षको मनोभावनालाई संवोधन गर्न मात्रै बैठक बस्ने हो – उनले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
भैँसेपाटी हनी ट्रयापिङ प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
आणविक हतियारको प्रयोगलाई अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर
मंसिर ५, २०८१ बुधबार
राफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ५, २०८१ बुधबार