काेराेना महामारी र लकडाउनका बीच महालक्ष्मी विकास बैंकको सहयोग जारी
नेपालबहस संवाददाता
असार ९, २०७७ मंगलबार २१:३८:४८
९ असार, काठमाडौं । काेराेना महामारी र लकडाउनका बीच महालक्ष्मी विकास बैंकको सहयोग जारी राखेकाे छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको जनाएको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकका हेटौंडा र टाँडी शाखाले क्रमशः मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न. ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमश. रु. एक लाख पचास हजार (रु.१,५०,०००) रुपैया र रु. एक लाख पैसठ्ठी हजार (रु.१,६५,०००) रुपैया गरी जम्मा रु. तीन लाख पन्ध्र हजार (रु.३,१५,०००) रुपैयाको आर्थिक सहयोग प्रदान गरेका छन ।
मिति २०७७/०३/०२ गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बंैकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्रप्रसाद नेपाललाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए । त्यसैगरी मिति २०७७/०३/०८ गते रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्यामबाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई रु. एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गरे । उल्लेखित कार्यक्रमहरुमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार