योग–ध्यानको सोपान
नेपालबहस संवाददाता
असार ९, २०७७ मंगलबार २२:३६:१३
९ असार, २०७७
जन्मदेखि मृत्युसम्मको यात्रा
यात्राको समय दैवको मात्रा
त्यहीं यात्रामा आउने अनेक जात्रैजात्रा ।
एउटै यात्रा, पात्र फरक
यात्राको बीचको उद्देश्य फरक
आज म सुनाउँछु
म र मेरा सखीहरूको कथा बस्तुपरक ।
उही किताबको पानामा छापिएका
अप्ठ्यारा फर्मुलाहरु,
रियाक्सनहरू,
अनि तिनै विज्ञानका भनाईहरू
जिन्दगीका अनगिन्ती रहरहरू
कतै कसैका इच्छाबिहिन कहरहरू
सबै मनमस्तिष्कमा राखेका कुराहरु
सबै पोख्ने त्यहीँ एउटा सङ्गमस्थल
त्यहीँ साहुनीको चिया पसल ।
तातो उडिरहेको चियाको बाफमा
आफ्ना उडिरहेका सपना देख्दै
चियाको चुस्कीसँगै आफ्ना मनभित्र
गुम्सिएका मनका चुस्की निकाल्न थाल्छन् मेरा सखीहरू ।
उनीहरू सुनाउन थाल्छन्
सहजतादेखि सुखी जीवनको सपना
इम्प्रेसनदेखि डिप्रेसन सम्मको यात्रा
अनि तिनै हातमा कलम च्यापेर
आफ्नो सुनौलो भविष्य लेख्ने समयमा
हातमा चुरोट च्यापेर उसकै धुँवामा
आफैलाई उडाइरहेका ती युवालाई हेर्दै भन्छन्
“विचरा ! आफ्नो पिडा चुरोटकै धुँवासँग उडाउँदै छन्“
अनि उनीहरूको कुरा बिट मार्दिंदै
म सुनाउन थाल्छु
आफ्नो शान्त सुन्दर जीवनको कथा
सजगतादेखि खुसी जीवनको सपना
योगदेखि मेडिटेसन सम्मको यात्रा
म देखि म को यात्रा
खुसीको यात्रा
अनि त्यही चुरोट तान्दै गरेको युवालाई हेर्दै भन्छु
उसले आफ्नो पीडालाई होइन
आफुले आफुलाई उडाउँदै छ
आफुभित्रको आफुको जिन्दगी दाउमा लगाउदै छ ।
जब म ध्यानको कुरामा ध्यानाकर्षण गराउन खोज्छु
उनीहरू मजाकको बीजको आकर्षण छर्छन्
अनि भन्छन् त्यो त
हामीले होइन हाम्रा बाउबाजेले गर्ने हो
अनि फेरि प्रश्न गर्छन्
मेरो खुशीको रहस्य माथि
म उनीहरूलाई त्यही
योग प्राणायाम ध्यानको कथा सुनाउछु
म भित्रको म को कथा सुनाउँछु
म भित्रको सुन्दर संसारको रहस्य बताउँछु
मेरो खुशीको रहस्य बताउँछु
आफु भित्रको आफ्नै अद्भुत शक्तिको
आफ्नै औषधिको रहस्य बताउँछु
योग, ध्यान, प्राणायामको महत्व बुझाउँछु
डिप्रेसनको सोपानमा पुग्न आँटेका
मेरा सखीलाई
ध्यानको सोपानमा पुर्याउँछु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार