सुदूरमा ५ महिने शिशुसहित थप ४९ जनामा कोरोनाकाे पुष्टि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार १३:३९:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/corona_tests_kFpZe9693q.jpg)
१० असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा एकै दिन ५ महिने शिशुसहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु एउटै वडाका ४३ जनासम्म छन् । सबै संक्रमित मंगलबार नै पुष्टि भएका हुन् ।
धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४६ तथा बाजुरा, कञ्चनपुर र बझाङमा १ र १ जना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । तीमध्ये १५ जना महिला र २९ जना पुरुष रहेको रहेका छन् ।
कैलालीको गोदावरी नगरपालिकामा ५ महिने शिशुसहित ४४ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ४३ जना एउटै वडाका हुन् । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतका अनुसार वडा नम्बर १२ का ४३ जनामा संक्रमण पुष्टि भएको छ । १ जना संक्रमित भने वडा नम्बर ११ का रहेका हुन् ।
मंगलबार गोदावरी नगरपालिकामा ५ महिने शिशुसँगै ३ र ४ वर्षकी बालिकामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सबै भारतबाट आएकाहरु हुन् । योसँगै गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । जसमा एक जनाको मृत्यु भएको छ भने १ जना निको भएर घर फर्किएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार