लुकीछिपी नेपाल प्रवेश गरेका ३३ लाई सशस्त्रले पुर्यायो क्वारेन्टाइनमा
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार १५:९:३
१० असार मुग्लिन । कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राख्ने अभियानलाई जारी राखेको छ । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय चितवनको क्षेत्रमा पर्ने सीमानाकामा यस्तो अभियानलाई कडाइका साथ निरन्तरता दिइएको हो ।
भारतसँग जोडिएका सीमानाकाबाट अनुमतिबिना नेपाल प्रवेश गरेकालाई सशस्त्र प्रहरीले स्थानीय निकायसँगको समन्वयमा क्वारेन्टाइनमा राख्दै आएको गढीमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रम्हचार्यले बताए । उनका अनुसार अभियानकै क्रममा भारतबाट ठोरीनाका हुँदै आएका दुई जनालाई बाँदरझुलाबाट पक्राउ गरी क्वारेन्टाइनमा राखिएको छ । उनीहरु आफ्नो बच्चासहित माडी छिर्न लागेका थिए ।
लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि सीमामा थप कडाइ गरी यस्तो अभियान थालेको उनको भनाइ छ । सशस्त्र प्रहरी बलको माडी नगरपालिका–९ स्थित बाँदरझुलाको अस्थायी जाँचचौकीमा खटिएका सशस्त्र प्रहरी हवल्दार नारायण थारूको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । माडी–२ निवासी रहेका ती दुवैलाई यही असार ७ गते नियन्त्रणमा लिई क्वारेन्टाइन पठाइएको थियो ।
यस्तै बाँदरझुला चौतारा चेकप्वाइन्टमा ड्युटी खटिएका सशस्त्र प्रहरी हवल्दार मानबहादुर भट्टराईको कमाण्डमा रहेको सात जनाको टोलीले भारतबाट ठोरीनाका हुँदै आएकी माडी–९ बस्ने २८ वर्षीया एक महिलालाई नियन्त्रणमा लिई बाँदरझुलाको स्वाथ्यचौकीमा राखिएको थियो । मङ्गलबारसम्म सशस्त्र प्रहरी चितवनले सीमानाका हुँदै प्रवेश गर्ने ३३ जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार