राप्रपा अध्यक्ष राणाद्वारा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार १९:३३:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/pasupati-2_EQuCHaIJyQ.jpg)
१० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले काेराेना भाइरस विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।
अध्यक्ष राणाले सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामाग्री सिन्धुपाल्चोकस्थित ईलाका स्वास्थ्य कार्यालय, मेलम्चीलाई बुधबार हस्तान्तरण गरिएको छ । ‘कोरोना महामारीले मानव जातिलाई नै आक्रान्त तुल्याएको छ ।
यसै क्रममा सिन्धुपाल्चोक जिल्लामा समेत कोरोना संक्रमणको दर बढ्दो छ । यस अवस्थामा सफा सुग्घर रहने, सामाजिक दूरी कायम गर्ने लगायत सबै किसीमका सावधानी अपनाउन, सजग र सुरक्षित रहन सिन्धुपाल्चोकबासीलाई म आह्वान र अनुरोध गर्दछु,’ सामाग्री गर्ने हस्तान्तरण गर्ने क्रममा राणाले भने ।
राणाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीमा पीपीई सेट, सर्जिकल मास्क, एन ९५ मास्क, ह्यान्ड स्यानीटाइजर, गगल्स, फेस शील्ड, बुट कभर, परिक्षण पन्जा समावेश छन् । राप्रपाका जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष र अन्य नेतामार्फत ईलाका स्वास्थ्य कार्यालय प्रमुखलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार