नेपालबहस समाचार प्रभावः एशियन लाइफ इन्स्योरेन्सले त्रुटी सच्याउँदै माफी माग्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार २०:७:११
![](https://nepalbahas.prixacdn.net/media/albums/asianlife_Ji9Z4oWjfU.jpg)
१० असार, काठमाडौं । वित्तीय विवरण प्रकाशित गर्दा प्रतिशेयर आम्दानी बढी देखाएर लगानीकर्तालाई झुक्याउन खोजेको एशियन लाईफ इन्स्योरेन्स कम्पनीले गल्ती सच्याउँदै क्षमायाचना गरेको छ । कम्पनीले केही दिन अगाडि प्रकाशित गरेको तेश्रो त्रैमासिक वित्तीय विवरणमा केही तथ्यहरु फरक भएको जनाउँदै उक्त प्राविधिक गल्ती सच्याएको एक सुचनामार्फत जनाएको हो ।
नेपालबहस डटकमले सो बारे समाचार प्रकाशित गरेपछि नियामक निकाय बीमा समितिले त्रुटि सच्याउन निर्देशन दिएको थियो । एशियन लाईफ इन्स्योरेन्सले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८७ पैसा देखाइएको थियो । जबकी इन्स्योरेन्सको प्रतिशेयर आम्दानीको सुत्र भन्दा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २० पैसा बढी देखाइएको थियो ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रहेकोमा कम्पनीको प्रकाशित खुद मुनाफा १३ करोड ७ लाख रहेको छ । यो दुई वटा तथ्यांकलाई आधार मान्दा कम्पनीको ९ महिनाको प्रतिशेयर आम्दानी जम्मा ६ रुपैयाँ ५० पैसा हुन्छ भने वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६७ पैसा मात्र हुने कुरा नेपालबहसले उठाएको थियो । यस्तै मुल्य आम्दानी अनुपात पनि ५६.७६ हुनु पर्ने थियो ।
कम्पनीले सुचना जारी गर्दै भनेको छः– “मिति २०७७/१/३० गते प्रकाशित आ.व.२०७६/०७७ को तेस्रो त्रैमासिक प्रतिवेदन (धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ को प्रयोजनका लागि) मा प्राविधिक त्रुटीको कारण प्रतिशेयर आम्दानी र मुल्य आम्दानी अनुपातमा क्रमश ८.६७ र ५६.७६ हुनु पर्नेमा अन्यथा हुन गएकोमा क्षमा प्रार्थीसहित सच्याइएका छौं ।”
उक्त भुलसुधारको जानकारी कम्पनीले बीमा समितिलाई समेत पत्राचार गरि जानकारी गराएको छ ।
र याे पनि …...एशियन लाईफ इन्स्योरेन्सको त्रुटिपूर्ण रिपोर्ट, प्रतिशेयर आम्दानी धेरै देखाएर ठगी ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीमा सूचना केन्द्र स्थापना सम्बन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न
जेठ २५, २०८१ शुक्रबार
क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन
जेठ १५, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु, २ बेपत्ता
असार १५, २०८१ शनिबार
पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा
असार १५, २०८१ शनिबार
युरोकप नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड भिड्दै
असार १५, २०८१ शनिबार
बागलुङमा श्रीमान–श्रीमती घरसहित पहिरोमा पुरिए
असार १५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १५, २०८१ शनिबार