एसईईका विद्यार्थीलाई पास बनाउने जिम्मा हेडसरको काँधमा
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार २०:३१:३
१० असार, काठमाडौं । सरकारले माध्यामिक शिक्षा परीक्षा एसईईका विद्यार्थीलाई पास फेल बनाउने जिम्मा विद्यालयकै प्रधानाध्यापक अर्थात हेडसरलाई दिएको छ । आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको एसइई नतिजा सार्वजनिक गर्ने योजनाअनुसार त्यसको जिम्मा हेडसरलाई दिन लागिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा गठन हुने समितिबाटै विद्यार्थी एसईई नतिजा निकाल्ने तयारी गरेको छ । कोरोना महामारीले एसईई परीक्षा स्थगित भएका बेला आन्तरिक मूल्यांकनबाट पनि
एसईईका लागि झण्डै ५ लाखले फारम भरेका थिए । गएको चैत ६ गतेदेखि शुरु हुने परीक्षा सरकारले अघिल्लो दिन कोरोनाका कारण स्थगित गरेको थियो । लामो समयसम्म पनि अवस्था सामान्य नरहेपछि आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्न लागिएको हो । जसका लागि राष्ट्रिय परीक्षा बोर्डले मंगलबार ‘माध्यमिक शिक्षा परीक्षा एसइईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’ जारी गरेको छ।
कार्यविधिअनुसार सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका आधारमा विद्यार्थीले नम्बर पाउनेछन्। विद्यार्थीको मूल्यांकनका लागि प्रध्यानाध्यापकको अध्यक्षतामा दुई सदस्यीय समिति गठन गरिनेछ।
‘प्रधानाध्यापक अध्यक्ष रहने मूल्यांकन समितिमा कक्षा शिक्षक र सम्बन्धित माध्यमिक तहका शिक्षकमध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहनेछन्,’ कार्यविधिमा भनिएको छ।
यसअनुसार अब आफ्नै विद्यालयका विद्यार्थीलाई पास वा फेल बनाउने जिम्मा हेडसरको काँधमा छ । ग्रेडिङ सिस्टमअनुसार नतिजा सार्वजनिक गरिने भएपनि डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई फेल मान्ने गरिन्छ । उनीहरुलाई फेरि मौका परीक्षा दिने व्यवस्था समेत मिलाइन्छ । तर यसपटक भने विद्यार्थीले डी र ई ग्रेड ल्याउने सम्भावना कम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार