बालुवाटारबाट १५ जना दलित नेता तथा अधिकारकर्मी पक्राउ
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार २१:१२:५७
१० असार, काठमाडौं । प्रधानमन्त्री कार्यालय बालुवाटारबाट रुकुम सोतीको जातीय नरसंहार घटनाको विरोधमा प्रदर्शन गर्ने १५ जना दलित अधिकारकर्मी पक्राउ परेका छन । उनीहरुलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।
बुधबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर घटनाका दोषीलाई कारबाही गर्न ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम राखेको थियो । तर प्रधानमन्त्री ओलीले समय नदिएपछि उनीहरुले बालुवाटारको ३ नम्बर गेटमा प्रदर्शन गरेका थिए ।
पछि फेरि प्रधानमन्त्रीले समय दिएको भनेर प्रधानमन्त्रीका स्वकीय सचिवले ज्ञापनपत्र बुझ्न खोज्दा अधिकारकर्मीले प्रदर्शन चर्काएका थिए । प्रदर्शन चर्काएपछि प्रहरीले पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखेको प्रहरीले पक्राउ गरेको अधिकारकर्मी शोभा सेन्चुरीले जानकारी दिइन ।
आजै स्थायी कमिटी बैठक भएकाले गेटबाट नेताहरुलाई आवतजावत गर्न समस्या भएपछि प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा गएको जेठ १० गते विवाहका लागि प्रेमिका शुष्मा मल्ललाई भगाउन गएका जाजरकोटका नवराज विकसहित ६ जनाको कुटी कुटी हत्या भएको थियो ।
हत्याको विरोधमा दलित अधिकारकर्मी तथा नेताहरुले काठमाडौँमा प्रदर्शन गरिरहेका छन । प्रहरीले घटनामा सलंग्न सोतीका वडाध्यक्ष डम्बर मल्लसहित ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहासचिव गुटेरेससँग सचिव लम्सालको भेट
जेठ १६, २०८१ बुधबार
आजको मौसम : 'रेमल' चक्रावतको आंशिक प्रभाव
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
संसदीय छानबिन समितिलाई ग्यालेक्सीमा १५ करोड बढी रकम गएको विवरण बुझाइँदै
जेठ १६, २०८१ बुधबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जना पक्राउ
जेठ १६, २०८१ बुधबार
भैरहवामा वृहत् सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न
जेठ १६, २०८१ बुधबार
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
जेठ १६, २०८१ बुधबार
आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने
जेठ १६, २०८१ बुधबार
गर्मीमा किन एक्कासी कम हुन्छ रक्तचाप, जान्नुहोस
जेठ १६, २०८१ बुधबार