पशुपतिनाथको मूल मन्दिर क्षेत्रमा मर्मतसम्भार जारी
नेपालबहस संवाददाता
असार १०, २०७७ बिहिबार ०:११:४०
१० असार, काठमाडौं । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी लागू गरिएपछि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर क्षेत्रभित्र मर्मतसम्भार शुरु गरिएको छ ।
मूल मन्दिरभित्र छापिएको ढुङ्गा हल्लिएकाले खाली भएका बेला निकालेर मर्मतसम्भार शुरु गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । हल्लिएका ढुङ्गा निकालेर पुटिङ भर्ने काम भइरहेको छ ।
मूल मन्दिरभित्रको चन्दन घोट्ने घर जीर्ण भएकाले भत्काइएको छ । चन्दन घोट्न र भण्डारी सुत्नका लागि महेन्द्र सहारा सत्तल प्रयोगमा ल्याइएको पनि उनले बताए । चन्दन घोट्ने घरसँगैको भान्छा घर गत वर्ष नै भत्काएर पुनःनिर्माण भइरहेको छ । यी संरचना विसं २०७२ वैशाख १२ गतेको भूकम्पले जीर्ण भएका थिए ।
भूकम्पले क्षति पुगेका पशुपतिका ९० वटा संरचनामध्ये ४२ वटाको पुनःनिर्माण सम्पन्न भएको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए । भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काम शुरु गरेको पाँच वर्षमा पुरातात्विक महत्वका सबै संरचना बनाइसक्ने प्रतिबद्धता गरे पनि पशुपति क्षेत्रका ६० वटासम्मको पुनःनिर्माण सकिने भएको कोषले जनाएको छ ।
हाल १४ वटा संरचना पुनःनिर्माणका लागि खरिद प्रक्रियामा रहेको छ । बन्दाबन्दीपछि जयवागेश्वरी मन्दिरको पुनःनिर्माण शुरु भएको छ । प्राधिकरणको कार्यकाल आगामी माघ दोस्रो साता सकिँदैछ । यसैगरी मृगस्थली क्षेत्रका १० शिवालय पनि पुनःनिर्माणका क्रममा छन् ।
विश्वरुप मन्दिर पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रस्ताव निर्माण सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि काम शुरु गर्ने तयारी भएको छ । यसका लागि पुरातत्व विभागको सहमति लिने प्रक्रिया अघि बढेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामा गुरुबाट विशेष पूजा र मन्त्रोच्चारण गरी शीतलनिवासमा सोनाम ल्होसारको शुभारम्भ
माघ १५, २०८१ मंगलबार
मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो
माघ १३, २०८१ आइतबार
देवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार