प्रदेश नं ५ मा कोरोनाले फेरिए स्थानीय तहका प्राथमिकता
नेपालबहस संवाददाता
असार १०, २०७७ बिहिबार ०:४७:१३
१० असार, रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण प्रदेश नं ५ का स्थानीय तहका प्राथमिकता फेरिएका छन् । प्रदेश नं ५ का अधिकांश स्थानीय तहले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट बनाएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रित गरेको छ ।
सातौंँ नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले आज कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । रु एक अर्ब ८९ करोड २६ लाखको प्रस्तावित बजेटमा सामाजिक सुरक्षाको रु २५ करोडबाहेक चालुतर्फ ५२ करोड एक लाख अर्थात् ३१ दशमलव ६७ प्रतिशत र पूँजीगततर्फ रु एक अर्ब १२ करोड २५ लाख अर्थात् ६८ दशमलव ३३ प्रतिशत प्रस्ताव गरिएको छ । चालु आर्थिक वर्षको तुलनामा तिलोत्तमाले आगामी आर्थिक वर्षको बजेटको आकार रु ३५ करोडले बढाएको हो ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले क्रमागत आयोजनाको निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने तथा कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाई नगरवासीमा परिवर्तनको अनुभूति गराउने विषयलाई बजेटमा प्राथमिकता दिइएको बताए । बजेटमाथि नगरसभाको अर्को बैठकमा दफाबार छलफल हुने प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले बताए।
खुशी जनता, समृद्ध तुलसीपुर
तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि करीब रु दुई अर्बको बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले आज रु दुई अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट प्रस्तुत गरे ।
पूँजीगततर्फ नगर, वडास्तरीय पूर्वाधार विकास र अन्य सशर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि रु एक अर्ब ६८ करोड ४७ लाख र चालुतर्फ ६६ करोड २० लाख ६४ हजार विनियोजन गरेका छन् । पूँजीगतर्फ ७२ प्रतिशत र चालुतर्फ २८ प्रतिशत विनियोजन गरिएको हो ।
उपप्रमुख आचार्यका अनुसार स्वास्थ्य, कृषि, रोजगारी र शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ । ‘खुशी जनता : समृद्ध तुलसीपुर, हाम्रो तुलसीपुर : राम्रो तुलसीपुर’ बनाउने लक्ष्यका साथ बजेट विनियोजन गरिएको उपप्रमुख आचार्यले बताए ।
शिवराज : कृषि र स्वास्थ्यलाई प्राथमिकता
चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि र स्वास्थ्यलाई प्राथमिकता दिने भएको छ । भएको सातौँ नगरसभामा आज नगरप्रमुख नेत्रराज अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा युवालाई कृषि मार्फत रोजगारीको सिर्जना गरिने बताए । नगरको अधिकांश जमीन उत्पादनमूलक रहेको र धान खेतीको प्रचूर सम्भावना भएकाले धान उत्पादन प्रवद्र्धन कार्यक्रम लागू गरिने भएको छ ।
त्यस्तै स्वास्थ्यतर्फ नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिई ८० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य जाँच, मानसिक स्वास्थ्य समस्याको उपचार तथा रोकथामका लागि दुई स्थानमा मनोपरामर्श एकाइ , महिला स्वास्थ्य स्वयंसेविकालाई रु पाँच लाखको दुर्घटना बीमा, ‘बच्चा जन्माउने कहाँ वर्थिङ सेन्टर जहाँ’ अभियान सञ्चालन गर्ने, वीरपुर स्वास्थ्यचौकीमा वर्थिङ सेन्टर सञ्चालनमा ल्याउने कार्यक्रम छ । कोरोना भाइरसको जोखिममा पनि अग्रमोर्चामा बसेर काम गरेका स्वास्थ्यकर्मीलाई विशेष ध्यान दिइने नगरप्रमुख अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार