सुरुङ्गा नगरपालिकाको पाँचौ नगर सभा सम्पन्न, ६६ करोड बजेट विनीयोजन
नेपालबहस संवाददाता
असार १०, २०७७ बिहिबार ४:१२:६
◊ धीरुभाइ
१० असार, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाले बुधबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट पारित गरेको छ । नगरपालिकाको आयोजित पाँचौ नगर सभाले आउँदो आर्थिक वर्ष २०७७/०७८ को लागि ६६ करोड ७७ लाख ३६ हजार १८० रुपियाँको अनुमानित आयव्यय पारित गरेको हो । नगरसभाले पारित गरेको सो विनियोजन ऐनमा सघ, प्रदेश लगायतको अनुमानित बजेट समावेश भएको प्रस्तुत ऐनमा उल्लेख छ ।
सभामा नगर प्रमुख मुक्तिनाथ चौधरीले अगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम, उपप्रमुख बिन्दाकुमारी पासमानले आर्थिक व्यवस्था गर्न बनेको विधयेक प्रस्तुत गरिन । नगर सभाको उद्घाटन गर्दै नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले उत्पादनमुखी, रोजगारमूलक कार्यमा बजेट विनियोजन गर्न सुझाव दिए ।
विश्वव्यापी रुपमा कोरोनाको महामारीले बेरोजगार सिर्जना भएको भन्दै उनले महामारीका कारण बैदेशिक रोजगारबाट घर फर्किएका नगरका युवाहरुलाई उत्पादनमूलक र रोजगारमूलक कार्यमा संलग्न हुने खालको कार्यक्रम निर्धारण गर्न आग्रह गरे ।
सोही कार्यक्रममा प्रदेश २ का सभा सदस्य गोबिन्द बहादुर न्यौपानेले कोरोना महामारीको विषम परिस्थितिमा कृषि प्रणालीमा आधुनिकरण, व्यवसायीक, एवं उत्पादनमूलक बनाउन एकिकृत खेती प्रणालीमा जोड दिए । संघ, प्रदेश सरकार परम्परावादी शैलीमै केन्द्रित रहेर नीति, कार्यक्रम तथा बजेट ल्याउने गरेको प्रसँग उल्लेख गर्दै उनले समय, परिस्थितिलाई मूल्याकंन गरी उत्पादनमूलक कार्यमा बजेट विनियोजन गर्नमा जोड दिए।
नगरप्रमुख मुक्तिनाथ चौधरीको अध्यक्षतामा आयोजित सभामा नेपाली काँग्रेसका नेता नारायण चौधरी, नेकपाका राजेन्द्रप्रसाद साह, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह लगायतले नगर सभाको सफलताको शुभकामना मन्तव्य वयक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार