तिलाठी कोइलाडीको सभामा साढे ३८ करोडको बजेट प्रस्तुत
नेपालबहस संवाददाता
असार १०, २०७७ बिहिबार ४:२७:२३
◊ धीरुभाइ
१० असार, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको बुधबार गाउँ सभा आयोजना गरिएको छ । सो सभामा अगामी आर्थिक वर्ष ०७७/०७८ को कुल बजेट ३८ करोड ५३ लाख २४ हजार ५६० रुपैयाँ अनुमानित आयव्य प्रस्तुत गरेको छ ।
गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा आयोजित सभामा प्रस्तुत कुल बजेटको चालु तर्फ २३ करोड १२ लाख २४ हजार ५६० रुपैयाँ र पूँजिगत तर्फ १५ करोड ४१ लाख रुपैयाँ रहेको छ । तिलाठी कोइलाडी गाउँपालिकाको कुल आन्तरिक आम्दानी ४० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
कूल बजेटमा संघीयबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ ११ करोड ५२ लाख र सशर्त अनुदानतर्फ १७ करोड, राजस्व बाँडफाँडबाट छ करोड ७४ लाख ९४ हजार ५६० रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण तर्फ ७१ लाख ५६ हजार, राजस्व बाँडफाँडबाट ३४ लाख ७४ हजार, सशर्त अनुदानतर्फ ८० लाख, विशेष अनुदानतर्फ ३० लाख र समपुरक अनुदानतर्फ २० लाख तथा युनिसेफबाट ५० लाख रुपैयाँ आय प्राप्त हुने उल्लेख छ । गाउँपालिकाको आठ वटै वडाहरुलाई आगामी आर्थिक बर्षको लागि वडा सिलिङ अन्तर्गत रु. ६५ लाख तोकिएको छ ।
आर्थिक, सामाजिक, कृषि र पूर्वाधार : सुशासन र ब्यवहार परिवर्तन विकासको मूल आधार भन्ने नारालाई आत्मसात गर्दै आयोजित सभामा प्रस्तुत नीति तथा कार्यक्रममा कोभिड १९ को भयावह अवस्थामा स्वास्थ्य, शिक्षा, रोजगार, कृषि र विपद् ब्यवस्थापन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै कृषि क्षेत्रको विकासको लागि कृषि प्रविधि, ब्यवसायिक तथा सामुहिक खेती, सिंचाई सुविधाको विकास र विस्तार गरी कृषिलाई ब्यवसायिकरण गरिने, विपद् प्रभावित गाउँपालिकालाई विपद्को जोखिमबाट मुक्त गर्न कार्यक्रम सञ्चालन गरिने प्राथमिकतामा परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार