वालिङको बजेट ८१ करोड, कोरोना रोकथामा प्राथमिकता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १४:१७:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/waling_nagarpalika_rD8oDXLyWR.jpg)
११ असार, वालिङ । वालिङ नगरपालिकाको आठौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि ८० करोड ९२ लाख ५४ हजार ८२२ बजेट सार्वजनिक गरेको छ । वालिङ नगरपालिकाका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक कल्पना तिवारीले आठौँ नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नगरपालिकाको आन्तरिक आय ‘विभिन्न शीर्षक’ तर्फ रु पाँच करोड ३३ लाख, स्रोत उपयोगबाट प्राप्त बाँडफाँट ‘राजस्व बाँडफाँ’ सङ्घीय सरकारबाट १० करोड २२ लाख ६७ हजार ८२२, वित्तीय समानीकरण अनुदान रु १५ करोड ४७ लाख, सशर्त अनुदान ३८ करोड ६९ लाख र सङ्घीय सरकार समपूरक अनुदान दुई करोड प्राप्त हुने उनले जानकारी दिए ।
त्यस्तै सङ्घीय सरकार विशेष अनुदान एक करोड, सडक बोर्ड नेपालबाट ४७ लाख र गतवर्षको मौज्दात अल्या चार करोड ६० लाख गरी ७७ करोड ७८ लाख ६७ हजार ८२२ तथा प्रदेश सरकार राजस्व बाँडफाँटबाट ८७ लाख १९ हजार, प्रदेश सरकार समानीकरण अनुदानबाट रु एक करोड २६ लाख ६८ हजार र प्रदेश सरकार समपूरक अनुदानबाट रु एक करोड गरी कूल ८० करोड ९२ लाख ५४ हजार ८२२ अनुमानित बजेट उपप्रमुख कल्पना तिवारीले विनियोजित बजेट नगरसभामा प्रस्तुत गरे ।
क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु ८० करोड ९२ लाख ५४ हजार ८२२ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये शिक्षा, स्वास्थ्य, कृषि, पशुसमेतको चालुतर्फ रु ३८ करोड ९६ लाख ८४ हजार ८२२ र पूँजीगततर्फ रु ४१ करोड ९५ लाख ७० हजार खर्चको अनुमानित बजेट आठौँ नगरसभामा उपप्रमुख तिवारीले सार्वजनिक गरेका हुन्। कूल बजेटमा चालुतर्फ ४८.१५ प्रतिशत र पूँजीगततर्फ ५१.८५ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथमिकतामा कोरोना भाइरसको रोकथाम, नियन्त्रण उपचारको प्रभावकारी व्यवस्थापन गर्ने सबैको जीवन रक्षा गर्दै जनजीवनलाई सुरक्षित र सहज बनाउने, स्थानीयस्तरमा उपलब्ध स्रोत साधनको अधिक उपयोग तथा उपलब्धताको उच्चतम परिचालन गरी विकासको गतिलाई तीव्र बनाउने उल्लेख गरिएको छ । त्यस्तै आर्थिक सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न सङ्घीय सरकार प्रदेश सरकार र अन्तर पालिकाको साथै छिमेकी स्थानीय तहहरुसँगको सम्बन्ध बलियो बनाउने भनिएको छ ।
यसअघि नगरसभामा नगरप्रमुख दिलीपप्रताप खाँणले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि दफावार छलफल गरिएको थियो । नगरपालिकाको नीति कार्यक्रम तथा बजेटमा विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । नगरप्रमुख दिलीपप्रताप खाँणले स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, अहिलेको विषम परिस्थितिमा कोभिड १९ विरुद्ध लाग्नका लागि स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारीसँगसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाई नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहने बताए ।
बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न सङ्घीय सरकार, प्रदेशसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल सङ्घ संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने नगरप्रमुख खाँणले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार
नेप्से दोहोरो अंकले घट्यो, चार अर्ब भन्दा बढीको कारोबार
असार १२, २०८१ बुधबार