व्यास नगरपालिकाको बजेट रु एक अर्ब ५२ करोड
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १४:३७:२१
११ असार, दमौली । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित ३३ औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्यय विवरण सार्वजनिक गरेका हुन ।
चालु आर्थिक वर्षमा कोरोना भाइरसका कारणले राजस्व सङ्कलन, अनुदान प्राप्त अवस्था निरासाजनक भएकाले विकास आयोजनामा गति लिन नसक्दा सम्झौता भइसकेका तर सम्पन्न हुन नसकेका अधुरा योजनाका लागि रु २० करोड ८० लाख ८७ हजार बजेट विनियोजन गरिएको उपप्रमुख जोशीले जानकारी दिए । नगर र वडास्तरीय सडक आयोजनाका लागि रु १७ करोड ४३ लाख २५ हजार, खानेपानीतर्फ रु चार करोड ६५ लाख ९५ हजार, कृषि सिँचाइतर्फ रु पाँच करोड ५७ लाख, शिक्षा, युवा तथा खेलकूदतर्फ रु ४४ करोड ८३, स्वास्थ्य तथा सरसफाइतर्फ रु नौ करोड ८६ लाख ८७ हजार बजेट विनियोजन गरिएको छ ।
नवीकरणीय ऊर्जा, सडक बत्ती विस्तार एवं व्यवस्थापनतर्फ रु ५३ लाख ८० हजार, गाउँनगर साझेदारी कोष सञ्चालनका लागि रु एक करोड ६४ लाख, दलित उत्थान, आदिवासी जनजाति, अन्य विपन्न वर्ग, अपाङ्गता, मुस्लिम समुदाय, महिला नेतृत्व तथा सीप विकासतर्फ रु एक करोड तीन लाख विनियोजन गरिएको छ । दुम्सीचौरस्थित नारेश्वर ताल निर्माणका लागि रु एक करोड ५० लाख र मादी नदी बहुउद्देश्यीय विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि रु ७० लाख बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले पूँजीगततर्फ रु ६२ करोड ७१ लाख ९८ हजार र चालु खर्चतर्फ रु ९० करोड २५ लाख ५३ हजार बजेट विनियोजन गरेको उपप्रमुख जोशीले जानकारी दिए । नगरपालिकाले सङ्घ र प्रदेशबाट प्राप्त सशर्त अनुदान र विभिन्न शीर्षकमा आगामी वर्षका लागि आम्दानीसमेत सार्वजनिक गरेको छ । जसअनुसार नगरपालिकालाई सङ्घ सरकारको सशर्त अनुदानमार्फत रु ५२ करोड ७७ लाख, सञ्चित कोष अल्याबाट रु २० करोड ५६ लाख ६४ हजार, सङ्घ सरकारको वित्तीय समानीकरण अनुदानबाट रु १८ करोड ६९ लाख, आन्तरिक स्रोतको आयबाट रु १६ करोड, सङ्घ सरकारको सामाजिक सुरक्षा अनुदानबाट रु १५ करोड १२ लाख ४१ हजार, सङ्घ सरकारको राजस्व बाँडफाँटबाट रु १२ करोड ८९ लाख ४० हजार र राजस्व बाँडफाँटअन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु पाँच करोड आम्दानी हुने अनुमान गरिएको छ ।
त्यस्तै सङ्घ समपूरक अनुदानबाट रु दुई करोड ५० लाख, सङ्घ विशेष अनुदानबाट रु दुई करोड, गाउँ नगर साझेदारी कोषबाट रु एक करोड ६४ लाख, प्रदेश वित्तीय समानीकरण अनुदानबाट रु एक करोड ३१ लाख ४३ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु एक करोड १२ लाख ४४ हजार, प्रदेशको विशेष अनुदानबाट रु एक करोड र सङ्घबाट वडा स्वास्थ्य संस्था भवन निर्माण अनुदानबाट रु ९२ लाख ८७ हजार आम्दानी हुने अनुमान गरिएको छ ।
त्यस्तै सङ्घ सरकारको सडक बोर्ड नेपालबाट रु ७० लाख, जनसहभागिता नगदबाट रु ५० लाख, मूल्य शृङ्खला कार्यक्रम अनुदानबाट रु १२ लाख, सङ्घ सरकारको गरिबसँग विश्वेश्वर कार्यक्रमबाट रु पाँच लाख ४६ हजार, सङ्घ सरकारको एलजिसिडिपी कार्यक्रमबाट रु तीन लाख ५० हजार र सङ्घ सरकारको रोयल्टीबापत रु एक लाख ३६ हजार आम्दानी हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्ष ०७६र०७७ को जेठ मसान्तसम्म कूल यथार्थ आय रु एक अर्ब २५ करोड ८७ लाख ८० हजार ८५२ र कूल व्यय रु ९७ करोड ६६ लाख ९३ हजार २३२ रहेको उपप्रमुख जोशीले जानकारी दिए ।
नगर क्षेत्रभित्रको करको आधार फराकिलो पार्दै आन्तरिक राजस्व वृद्धि गर्न कर तथा गैरकर राजस्वको अधिकतम परिचालन गर्ने नीति लिइएको उपप्रमुख जोशीले बताए । कृषि व्यवसायसँग सम्बन्धित पशुपंक्षी, माछा, फलफूल, तरकारी, दूध आदिमा स्थानीय उत्पादनमा लाग्ने कर नलिने निर्णयलाई निरन्तरता दिइएको छ । साथै दुग्ध सहकारीमार्फत बिक्री हुने दूधमा प्रतिलिटर रु एक र सहकारीमार्फत बिक्री हुने खसीबोकामा प्रतिकिलो रु दश सम्बन्धित किसानलाई अनुदान दिने कार्यक्रम निरन्तरता दिइएको उपप्रमुख जोशीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार