माछापुछ्रेको बजेट रोजगारी र कृषिका कार्यक्रममा केन्द्रित
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १४:४२:१४
१ असार, कास्की । कास्कीको माछापुछ्रे गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ६२ करोड ६७ लाख ६९ हजार २९० को बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बुधबार गाउँसभामा प्रस्तुत गर्नु भई सभाबाट पारित बजेटमा चालुतर्फ रु २८ करोड १९ लाख २० हजार तथा पूँजीगततर्फ ३४ करोड, ४८ लाख ५९ हजार २९० रहेको छ । गाउँपालिकाले कोभिड–१९ का कारणले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार नागरिकको रोजगारीका अवसर वृद्धि गर्न लघुउद्यम विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
त्यसैगरी नयाँ परिस्थितिले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने र प्राप्त अवसरलाई उपयोग गर्दै प्राकृतिक, सांस्कृतिक र विभिन्न भौगोलिक विविधतायुक्त गाउँपालिकालाई समृद्ध बनाउन स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासमा जोड दिइएको उपाध्यक्ष दवाडीले बताए ।
गाउँपालिकाले पूर्वाधार विकासतर्फ रु २३ करोड ५४ लाख ७२ हजार ४९०, सामाजिक विकासतर्फ रु चार करोड ७० लाख ४६ हजार ८००, आर्थिक विकासमा रु तीन करोड पाँच लाख ८० हजार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ रु दुई करोड १५ लाख ५० हजार र सुशासन, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ रु एक करोड दुई लाख विनियोजन गरिएको उपाध्यक्ष दवाडीले जानकारी दिए ।
कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन, क्वारेन्टाइन निर्माण, सञ्चालन र व्यवस्थापन र औषधि उपकरण तथा कोष स्थापनाका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ । स्वास्थ्य संस्थाको सुदृढीकरण, स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर, औषधि उपचार एम्बुलेन्स, ल्याब स्थापनाका लागि रु ५५ लाख बजेट छुट्याइएको छ ।
कोभिड–१९ का कारणले वैदेशिक रोजगारबाट फिर्ता भएका र बेरोजगार युवाको उद्यमशीलता विकासका लागि सहकारीमार्फत उद्यमशीलता घुम्ती कोष सञ्चालन गर्न रु ५० लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष दवाडीले जानकारी दिए । कृषि तथा पशु क्षेत्रमा अग्रणी गाउँपालिकाका रुपा रहेको माछापुच्छ«ेमा कृषि तथा पशुपालन व्यवसायको व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणका लागि रु एक करोड ८६ लाख विनियोजन गरिएको छ ।
एक घर एक धारा कार्यक्रमका लागि रु दुई करोड ३३ लाख, महिला बालबालिका, दलित, जनजाति, ज्येष्ठ नागरिक र अपाङ्गवर्गको उत्थान र सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्न रु ५५ लाख, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र जनउत्तरदायी बनाउनका लागि रु एक करोड सात लाख बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाको प्रशासकीय भवनका लागि रु छ करोड ५० लाख, गाउँपालिका आउने मुख्य बाटो गोरुगौडा समिबवर सडक कालोपत्र गर्न रु एक करोड ५० लाख, बर्थिङ सेन्टर सुदृढीकरणका लागि रु १५ लाख, राष्ट्रपति रनिङ शिल्डका लागि रु १० लाख, गाउँपालिका तथा सबै वडा कार्यालयमा सिसी टिभी जडानका लागि रु १० लाख, उच्च शिक्षा छात्रवृत्तिका लागि रु १० लाख तथा जल उत्पन्न प्रकोष नियन्त्रणका लागि आगामी वर्ष रु ३० लाख बजेट छुट्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार
नेप्से दोहोरो अंकले घट्यो, चार अर्ब भन्दा बढीको कारोबार
असार १२, २०८१ बुधबार
रहस्यमय मृत्युलाई लिएर कराँचीमा उच्च सतर्कता अवलम्बन
असार १२, २०८१ बुधबार