गैँडाकोटलाई बाँझो जग्गारहित नगर बनाइने, बजेट ७१ करोड ३२ लाख
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १७:०:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/gaidakot-nagarpalika_SRRVg7oHzR.jpg)
११ असार, भरतपुर । गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु ७१ करोड ३२ लाखको बजेट प्रस्तुत गरेको छ । बुधबार सातौँ नगरसभामार्फत उपप्रमुख विष्णुकुमारी कँडेलले आगामी आर्थिक वर्षका लागि सो बजेट प्रस्तुत गरेका छन् ।
नगरपालिकाले आन्तरिक स्रोतबाट रु नौ करोड ४० लाख ५० हजार र सङ्घ तथा प्रदेशबाट प्राप्त अनुदानबाट रु ६१ करोड ९१ लाख ५० हजार ४९७ आयको अनुमानगरेको छ । नगरपालिकाले कार्यालय प्रशासनिकखर्चतर्फ रु ११ करोड ६५ लाख, आर्थिक विकासतर्फ रु एक करोड ६५ लाख र सामाजिक विकासतर्फ रु तीन करोड ९० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै पूर्वाधार विकासमा रु दुई करोड ८४ लाख, वातावरण तथा विपद्मा रु एक करोड ५० लाख, संस्थागत विकास तथा सेवा प्रवाहमा रु ३० लाख रकम छुट्याइएको छ ।
नगरपालिकाले १८ वडालाई रु १२ करोड ९० लाख बजेट विनियोजन गरेको छ । आन्तरिक राजस्वको स्रोत जुटाउन नगरपालिकाले गैँडाकोट नगरभित्र कर शिक्षा अभियान, नगर कार्यपालिकाको कार्यविधिनिर्माण गरी घर जग्गाबहाल कर र व्यवसाय कर असुलगर्ने उपप्रमुख कँडेलले बताए ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरपालिकाले कोभिड १९ को जोखिम तथा सोबाट सृजित स्वास्थ्य समस्या न्यूनीकरणमा जोड दिएको बताए । उनले कोभिड १९ प्रभावितलाई रोजगार र कृषि उत्पादनमा विशेष जोड दिएको जानकारी दिए।
बाँझो जग्गारहित नगर बनाउने अभियानका साथ हरेक वडाभित्र रहेका उत्पादनविहीन जग्गालाई उत्पादनमुखी कार्यान्वयनमा जोड दिई कृषि प्रवद्र्धनात्मक कार्यक्रम अगाडि बढाइने प्रमुख पौडेलले बताए । कालीगण्डकी करिडोर, बिपी अन्तर्राष्ट्रिय खेल ग्राम, नारायणी नदी किनारमा पर्यापर्यटन मार्ग, गरिबीमुक्त गैँडाकोट अभियान, एक वडा एक विशिष्टीकरण उत्पादन, साहित्य संस्कृतिकला र पर्यटनको विकास, मनमोहन राष्ट्रिय रङ्गशाला निर्माण नगरपालिकाको प्राथमिकतामा छन् ।
नगरभित्र खाद्यान्न र नगदेबालीको पकेट क्षेत्र स्थापना, कृषि तथा पशु हाटबजार स्थापना, किसानलाई उन्नत बीउ वितरण, घाँस र प्रविधि प्रदान, दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहान गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । ‘मेरो फोहोर, मेरै व्यवस्थापन’ अयिभानलाई प्रभावकारी बनाउँदै जनताको घरदैलोमा मेयर कार्यक्रम सञ्चालन गरेर नगरवासीसँग संवाद र गुनासो सुन्ने प्रमुख पौडेलले बताए । सुत्केरी आमा पोषिलो खाना कार्यक्रम, शिक्षित छोरी सक्षम घर र बालउद्यान र बालमैत्री खेलकूद मैदान कार्यक्रम नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै गैँडाकोटलाई ‘शैक्षिक हब’का रुपमा विकास गर्दै सामाजिक सङ्घसंस्था एवं सहकारीको विकास गरिने जनाइएको छ । कनेक्टिङ गैँडाकोट, स्मार्ट गैँडाकोट र निजी क्षेत्रको लगानीमा मौलाकालिकामा केबुलकार निर्माण गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख पौडेलले बताए ।
गैँडाकोट क्षेत्रभित्र सफा र स्वच्छ खानेपानीको व्यवस्था, कच्ची सडकको स्तरोन्नति गर्दै कालोपत्रे सडकको मर्मत गरी खाल्डाखुल्डीमुक्त बनाउने नगरपालिकाको योजना छ । एक घर एक बिरुवा, एक वडा एक हरियालीपार्क नगरपालिकाको प्राथमिकतामा छ ।
नारायणी नदी किनारमा स्नानस्थल र शवदाहस्थललाई थप व्यवस्थित गर्दै लैजाने र नारायणी तटीय क्षेत्रको व्यवस्थापन प्रक्रियालाई वैज्ञानिकरुपमा अघि बढाइने नीति अघि सारिएको छ । गैँडाकोट चक्रपथ र नगरभित्र विद्युत् विस्तरलाई पूर्णता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नदी तथा खोलाको कटान र बाढी नियन्त्रणमा नगरपालिकाले काम गर्नेछ । भौगोलिकरुपमा विकट रहेका वडा नं ३, १४ र १८ लाई पूर्वाधार विकास सेवा प्रवाह सहजीकरणका लागि नगरपालिकाले प्राथमिकता दिएको छ ।
यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्देशित गरेका कर, दस्तुर सेवा शुल्कका क्षेत्रको दायरा फराकिलो गर्दै नगरको स्रोत परिचालनमा सबै क्षेत्र र वर्गका नगरवासीले आफ्नो क्षमताअनुसार योगदान गरेको महसुस गराइने नीतिगत व्यवस्थ गरेको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने
असार १२, २०८१ बुधबार
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तरसम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार