उपत्यकामा थप ९ जनामा कोरोनाको पुष्टि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार २२:४१:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-13_B513AX00uI.jpg)
११ असार, काठमाडौं । काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरूष र ललितपुरका एक पुरूषमा संक्रमण पुष्टी भएको हो।
त्यस्तै त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको परीक्षणमा भक्तपुरका एक महिला र तीन पुरूषमा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ। ललितपुरको महालक्ष्मी-५ का ती पुरूषको बिहीबार बिहान मृत्यु भएको हो।
त्यस्तै नेपालभरि पछिल्लो २४ घन्टामा ४ सय ३४ संक्रमित थपिएको हो। हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार १ सय ६२ पुगेको छ। तीमध्ये २६ जनाको मृत्यु भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार