बिरुवा गाउँपालिकाले दियो – “कृषि पूर्वाधार र रोजगारी सृजनामा जोड”
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार २३:२:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/biruwa_JwsovhCUcR.jpg)
११ असार, स्याङ्जा । बिरुवा गाउँपालिका को सातौ सभाबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि कुल रकम रु ४० करोड ७२ लाख ९० हजार ३ सय ३४ रुपैयाँ बराबरको नीति तथा कार्यक्रम र बजेट अनुमोदन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा मुख्यगरी कृषिको आधुनिकीकरण र व्यवसायीकरण पूर्वाधार विकास शिक्षा स्वास्थ्य र रोजगारी सिर्जनालाई प्राथमिकता दिई बजेट निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताए ।
सुवेदीका अनुसार कुल बजेटमध्ये ६ करोड २० लाख ५९ हजार ३ सय ३४ रुपैयाँ चालुतर्फ, १६ करोड ३० लाख ३१ हजार पूँजीगत तर्फ र १८ करोड, २२ लाख रुपैयाँ वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा ५६ लाख बराबरको नमुना कृषि कार्यक्रम २५ लाख बराबरको कृषक अनुदान कार्यक्रम तथा सिंचाई बिउबिजन र जमिन संरक्षणमा ठूलो रकम विनियोजन गरेको छ ।
यसैगरी गाउँपालिकाले जनताको जिउँ ज्यानलाई विशेष प्राथमिकता दिई ४० लाख बराबरको कोष स्थापना गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई गाउँपालिका मै रोजगारी सिर्जना गर्न ४० लाख बराबरको विशेष प्याकेजको घोषणा गरेको छ । पूर्वाधार विकास तर्फ गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि २ करोड विनियोजन गरिएको छ । गाउँपालिका भित्रका सडकहरूको स्तरोन्नतिको लागि एकमुष्ट रुपमा लाख विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिए ।
यसबाहेक गाउँपालिकाले शिक्षा स्वास्थ्य र पर्यटन प्रवद्र्धनका लागि समेत उल्लेख्य बजेट विनियोजन गरेको दावी गरेको छ । गाउँसभा गाउँपालिकाका अध्यक्ष चुन प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको सभामा स्वागत मन्तव्य वडा नं. ६ का वडाध्यक्ष कृष्ण केसीले गरेका थिए । सभामा गाउँपालिका उपाध्यक्ष देवीकुमारी थापाले बजेट पेश गर्दै सिमित साधन स्रोतले गाँउपालिकाको विकास गर्नुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा कोरोना नियन्त्रणमा तथा क्वारेन्टाइन व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
रहस्यमय मृत्युलाई लिएर कराँचीमा उच्च सतर्कता अवलम्बन
असार १२, २०८१ बुधबार
संसदीय छानबिन समितिले माग्यो गोरखा मिडिया नेटवर्कमा लगानी गरेका सहकारीको कागजात
असार १२, २०८१ बुधबार
तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने
असार १२, २०८१ बुधबार
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तरसम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार