शिक्षक लाइसेन्स परीक्षामा ५ प्रतिशत मात्रै उत्तीर्ण
नेपालबहस संवाददाता
असार ११, २०७७ शुक्रबार ०:४३:५७
११ असार, काठमाडौं । प्राथमिक तहको स्थायी शिक्षण अनुमतिपत्रको परीक्षामा सहभागिमध्ये अधिकांश अनुतीर्ण भएका छन । परीक्षामा सहभागि भएका ६६ हजार ५६२ मध्ये ६२ हजार ८८० जना अनुत्तीर्ण भएका शिक्षक सेवा आयोगले जनाएको छ ।
उत्तीर्ण भएका ५ दशमलव ८३ प्रतिशतमध्ये प्रदेश २ र कर्णाली प्रदेशमा त उत्तीर्ण दर ३ प्रतिशत हाराहारी मात्र छ । प्रदेश २ मा १० हजार ६८९ मध्ये ३४९ र कर्णालीमा १२ हजार ७० मध्ये ३७० जना मात्रै उत्तीर्ण भए ।
संघीय राजधानी रहेको वाग्मती प्रदेशमा पनि करिब ८ प्रतिशतले मात्रै शिक्षक लाइसेन्स परीक्षा उत्तीर्ण गरेका छन् । निम्न माध्यमिक र माध्यमिक तहको अवस्था पनि योभन्दा फरक छैन । निमावि शिक्षक अनुमतिपत्रको परीक्षामा सहभागी एक लाख एक हजार ९८४ मध्ये पाँच हजार ७०८ अर्थात ५ दशमलव ६ प्रतिशत मात्र उत्तीर्ण भएका छन ।
यस्तै मावि शिक्षक लाइसेन्सतर्फ ५६ हजार २५७ मध्ये आठहजार ३८८ जना उत्तीर्ण भएका छन । सामान्यतः अंग्रेजी, गणित र विज्ञानमा धेरै विद्यार्थी अनुत्तीर्ण हुन्छन् । शिक्षक अनुमतिपत्रको परीक्षामा भने धेरैजसो सामाजिक शिक्षामा कमजोर देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार