एमसीसीका विषयमा संसदीय समितिमा छलफल गर्नुपर्ने कांग्रेसको माग
नेपालबहस संवाददाता
असार ११, २०७७ शुक्रबार १:२५:२४
११ असार, काठमाडौं । विवादास्पद अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसन एमसीसी सम्झौताबारे संसदीय समितिमा छलफल चलाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा कांग्रेस सांसदहरुले एमसीसी सम्झौताबारे सार्वजनिक रुपमा बहस भइरहेको भन्दै संसदीय समितिमा छलफल चलाउन माग गरेका हुन् ।
कांग्रेसले एमसीसी पारित गर्न माग गरेपनि नेकपाभित्रै विवाद छ । यो विवादले नेकपाको स्थायी कमिटी बैठकमा समेत ठाउँ पाएको छ । जहाँ छलफल र ठोस निर्णय हुन बाँकी छ । यस्तो बेला कांग्रेसले संसदीय समितिमा छलफल चलाउन माग गरेको छ ।
कांग्रेस सांसद पुष्पा भुसाल, उमा रेग्मी लगायतका सांसदले एमसीसीबारे विभिन्न भ्रम छरिएको भन्दै यसबारे संसदीय समितिमै छलफल हुनुपर्ने माग गरेका हुन ।
कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले एमसीसीबारे परराष्ट्रमन्त्रीको धारणा माग गरे । सांसदका मागको विषयमा जवाफ दिदै समिति सभापति पवित्रा निरौला खरेलले यस विषयमा छलफल बहस गर्न सकिने बताइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेलविरुद्ध रिटको पेसी आज
जेठ १६, २०८१ बुधबार
एमालेको राष्ट्रिय महिला भेला आजदेखि
जेठ १६, २०८१ बुधबार
प्रतिनिधि सभाले बनायो सूर्य थापाको संयोजकत्वमा सहकारी ठगी छानबिनको संसदीय समिति
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
ऐतिहासिक मुक्तेश्वर मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा
जेठ १६, २०८१ बुधबार
सयौं वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता
जेठ १६, २०८१ बुधबार
हेलमेट डाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने
जेठ १६, २०८१ बुधबार
सोलार प्यानल र आसपासको बस्ती
जेठ १६, २०८१ बुधबार
बिरुवामा नेपाली सेनाको दुईदिने निःशुल्क स्वास्थ्य शिविर
जेठ १६, २०८१ बुधबार
तनहुँको खैरेनीटार जोड्ने सडकको स्तरोन्नती गर्दै निर्माण सुरु
जेठ १६, २०८१ बुधबार