कर्णालीमा ७२ कोरोना सङ्क्रमित थपिए
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार १४:३१:३१
१२ असार, सुर्खेत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बिहीबार कर्णालीमा थप ७२ जनामा पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआरमा १८ दैलेख, १२ सुर्खेत, तीन कालीकोट, जुम्ला र सल्यानमा एक÷एक गरी ३६ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएका हो ।
इलाम, धादिङ, कास्की, लमजुङ, बाँके, बैतडी, कैलाली, दार्चुलामा एक-एक र बझाङमा दुई गरी १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा बाजुराका चार, बाँके र ताप्लेजुङका तीनरतीन, गोरखा, रामेछाप र ओखलढुङ्गामा दुई र दुई, कञ्चनपुर, बैतडी, दैलेख, दाङ, गुल्मी, पाल्पा, लमजुङ, धादिङ, काठमाडौं, खोटाङ र इलाममा एकरएक गरी २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखा प्रमुख डा तिवारीले बताए । बिहीबार ७२ जना कोरोना संक्रमित थपिएसँगै कर्णालीमा यो सङ्ख्या एक हजार ४०७ पुगेको छ ।
त्यसैगरी, भारतको अहमदावादबाट फर्केर जेठ ११ गतेदेखि दुल्लु क्वारेन्टाइनमा बसी जेठ २५ गते आरडिटी नेगेटिभ आएर घर फर्केको १६ दिनपछि असार ९ गते बेलुका आत्महत्या गरेका दुल्लु नगरपालिका १० गमौडीका २१ वर्षीय युवकको असार १० शव दैलेख अस्पतालमा परीक्षणका साथै स्वाब सङ्कलन गरेर प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गर्दा पोजेटिम देखिएको महाशाखाले जनाएको छ । युवकसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार