कृषकलाई खाडल अनुदानसहित ६० हजार फलफूलका बिरुवा
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार १६:३७:५८
१२ असार, पर्वत । पर्वतको फलेवास नगरपालिकाले कृषकलाई व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित गर्नका लागि खाडल अनुदानसहित बिरुवा वितरण गर्न थालेको छ । बिरुवा मात्र अनुदानमा दिँदा कृषकको ‘एक हातमा कुटो र अर्को हातमा बिरुवा’ हुने तर तरिकाले बिरुवा नरोप्ने समस्या बढेपछि खाडल खन्नका लागिसमेत आर्थिक सहयोग गर्ने भएको हो । चालु आर्थिक वर्षमा खाडल अनुदानसहित फलफूल बिरुवा अनुदानमा उपलब्ध गराएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए।
नगरपालिकाले गत मङ्सिरमा कृषकलाई सूचना जारी गरी आवश्यक बिरुवाको माग सङ्कलन गरी वैशाखसम्ममा खाडल खनिसक्नुपर्ने सूचना जारी गरेको थियो । उक्त खाडलको अनुगमन सामाजिक अभियान्ता, जनप्रतिनिधि र प्राविधिकसहितको टोलीले वैशाख २१ गतेबाट ३० गतेसम्म गरेको थियो । उक्त खाडलको अनुगमनको आधारमा नगरपालिकाले आँप, लिची, सुन्तला र कागतीका बिरुवा अनुदानमा कृषकलाई उपलब्ध गराएको छ ।
नगरपालिकाले दुई हजार आँप, दुई हजार लिची, १५ हजार कागती र ४० हजार सुन्तला वितरण गरेको नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले बताए। त्यसैगरी नगरका पाखो बारीमा फलफूल रोपी नगरलाई फलफूलमा आत्मनिर्भर बनाई कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले समग्र नगरपालिकालाई समृद्धितर्फ अगाडि बढाउने नीति लिएको नगरप्रमुख शर्माले बताए।
करिब रु २० लाखको लागतमा सञ्चालन गरिएको यस कार्यक्रममा खाडल अनुदान सुन्तला कागतीको रु १५ लिची को रु २५ र आँपको रु ३० रहेको छ । त्यसैगरी कृषकले कागती ४–५ मिटर, सुन्तला ५–६ मिटर र आँप लिची ८–१० मिटरको दूरीको फरकमा सुन्तला कागतीको लागि २ दशमलव ८२ फिटको खाडल र आँप लिचीको लागि ३ दशमलव ८३ फिटको खाडल खनेपछि मात्र खाडल अनुदान पाउने छन् । आँप अम्रपाली, लिची सिडलेस, कागती सुनकागती–१ र सुन्तला स्थानप्य जातका बिरुवा वितरण गरिएको नगरपालिका कृषि अधिकृत सुवेदीले जानकारी दिए ।
कृषिमार्फत समृद्धि हासिल गर्नका लागि नगरले प्रत्यक्षरुपमा कृषकलाई लाभ पुग्ने खालका कार्यक्रम अघि सारेको छ । नगरले आगामी आर्थिक वर्षका लागि पनि ‘एक घर, एक बगैँचा’ र ‘क्लिन फलेवास ग्रिन फलेवास’लगायत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको नगर उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन, लक्ष्य भेट्टाउन सकेन
माघ १, २०८१ मंगलबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु
माघ ८, २०८१ मंगलबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
माघ ८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार