लेनदेनमै मिल्ला त नेकपाको विवाद ?
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार १९:१६:१८
१२ असार, काठमाडौ । नेकपाभित्रको अन्तरद्धन्द हेर्दा लाग्छ,अब पनि यी नेता एकै ठाउँमा मिलेर बस्लान् र ? तर पार्टी नेताहरु भन्छन्– अन्ततः नेकपाभित्रको विवाद लेनदेनमै गएर टुंगो लाग्ने हो । राजनीतिशास्त्रका ज्ञाताहरु चाहिं यो तर्क मान्न तयार छैनन् । नेकपाभित्रको पछिल्लो अवस्थाले लेनदेनमै मात्र विवाद टुंगिनेवाला देखिंदैन । अहिले विगतभन्दा अलग परिस्थिति निर्माण भएको छ ।
नेकपा एमाले मात्र रहँदा वा नेकपा माओवादी अलग पार्टी रहँदाको अवस्थामा लेनदेनले धेरै विवादको निम्प्टारा भएको होला, तर अहिले सग्लो नेकपा भित्रै यी दुबै शक्तिको “पावर ब्याटल सजिलो” छैन– कम्युनिष्ट राजनीतिका ज्ञाता विश्लेषक डा. सुरेन्द्र केसी भन्छन् । त्यसैले हिजोको समीकरण अहिले भत्किएको छ भन्दै उनले पुरानो एमाले नै सबैभन्दा विभाजित अवस्थामा रहेकाले लेनदेनबाट मात्रै समस्याको हल फेला पार्न मुश्किल देखिन्छ ।
तर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पक्षधर नेता कर्णबहादुर थापा भन्छन्– गल्ती कमजोरी भएकाले सच्याउँदै जाने र सही व्यक्तिलाई सही जिम्मेवारी दिने हो भने सबैखाले समस्याको हल फेला पर्छ । अस्तीबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकको पहिलो दिनको उद्घाटन भाषणका क्रममा शीर्ष नेताहरुबीच भएको विवाद र घोचपेचले भोलिको दिन सहज नरहेको प्रष्ट संकेत गरेको छ ।
नेता थापा चाहिं जीवन्त पार्टीका यस्ता विवाद र संवाद सामान्य भएको बताउँछन् । नेकपा जस्तो ठूलो पार्टीमा सामान्य विवाद हुनु ठूलो कुरा होइन भन्दै उनले तर सही व्यवस्थापन गर्न भने अब ढिला गर्न नहुने तर्क राख्छन् । उता, नेकपाकै अर्का नेता जगन्नाथ खतिवडा भने कम्युनिष्ट पार्टीमा नीति प्रधान हुने भन्दै नेताले समेत नीतिलाई मात्र पछ्याउनुपर्ने बताए ।
तर नेकपामा सरकार चलाउनेले पार्टी पद्धति र विधिको खिल्ली उडाएका छन् – खतिवडाले भने । त्यसका लागि एक व्यक्ति एक पद नै सबैभन्दा उपयुक्त र लोकतान्त्रिक पद्धति भएको पनि उनी बताउँछन् । जारी स्थायी कमिटी बैठकले विधि पद्धति बमोजिम पार्टी र सरकार चलाउने मान्यतालाई स्थापित गर्नुपर्ने उनको तर्क छ । त्यसका लागि व्यक्तिलाई भन्दा प्रकृया र संस्थालाई प्रमुखता दिइनुपर्ने उनको धारणा छ । नेता विशेषलाई पद दिएर सामन्ती प्रवृत्तिलाई निरन्तरता दिन्छु भन्ने नसोचे हुन्छ– खतिवडाले भने ।
ओली पक्षका अर्का नेता सत्यनारायण मण्डल भने खतिवडाको तर्क गलत भएको बताउँछन् । उनी भन्छन्– पार्टीमा अतिवादी सोच हावी भयो भने सबै भताभुंग हुुन सक्छ, त्यसैले सबैलाई मिलाएर जाँदा नै उपयुक्त हुन्छ । कतै गल्ती कमजोर भए सच्याउने तत्परता चाहिं हुनुपर्छ– मण्डल भन्छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षधर नेताहरु पनि अब प्रधानमन्त्री ओलीबाट कुनै सकारात्मक परिणामको अपेक्षा गर्न नसकिने निश्कर्षमा पुगेका छन् । त्यसैको अभिव्यक्ति थियो अस्ती प्रचण्डको गुनासो – नकपा केन्द्रीय सदस्य सुदन किराँतीले भने ।
ओलीजी सच्चिने र सिंगो पार्टीले प्रणाली बमोजिम चल्ने भन्ने कुरा अहिलेलाई सम्भव नरहेको उनले ठोकवा गरेका छन् ।त्यसैले चालु स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीको विकल्प दिनैपर्ने नत्र नेकपा नै विघटनको संघारमा पुग्ने चेतावनी दिए । कार्यकारी अध्यक्ष बनाएको भनेर पाँच वर्ष प्रधानमन्त्री खाने तर व्यवहारमा भने दोस्रो दर्जाको बनाउने ? उनले प्रश्न गरे ।
ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिने हो भने पार्टी नै भड्खालोमा पर्ने उनको भनाई छ । तर ओली पक्षधर नेता थापा भन्छन्– कम्रेड प्रचण्डलाई त्यस्तो आशंका लागेको भए अब पूर्ण कार्यकारी अध्यक्ष भनेर व्यवहार गर्दा भइहाल्छ । त्यत्रो गुनासो गर्नै नपर्ने उनको तर्क छ । नेकपाको जारी स्थायी कमिटी बैठक पदको भागण्डामै टुंगिने अवस्था रहेको पनि उनले संकेत गरे । कम्रेड प्रचण्ड मात्र होइन, नेता माधवकुमार नेपाललगायत असन्तुष्ट पक्षलाई उचित पद र जिम्मेवारी दिने वित्तिकै समस्याको हल निस्कने उनेको बुझाई छ ।
स्थायी कमिटीको आज दोस्रो बैठक भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको विषयसूची सरकारको कामको समीक्षा गर्ने रहेको छ । ओली सरकारको आज असन्तष्ट पक्षले उछित्तो काढेर आलोचना गर्दैछन् । आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेताहरु माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी क्षेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा लगायत शीर्ष नेताहरु बोल्ने कार्यक्रम रहेको छ ।
सरकारको समीक्षा गर्ने अजेण्डामा छलफल गर्ने भएकाले आजको बैठक महत्वपूर्ण हुने नेता खतिवडाले बताए । छलफलका क्रममा ओली पक्षले सरकारको बचाउ गर्ने छन् भने प्रचण्ड नेपाल पक्षले सत्तोसराप गर्ने रणनीति बनाएका छन् । तर कोरोना महामारीका बेला सरकारको सही समीक्षा गर्न नसकिने भन्दै पूर्व सभामुख एवं नेकपा संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङ्गले गलत बेला गलत विषयमा छलफल गर्न लागिएको बताए ।
साथै, एमसीसीका विषयमा पनि ठूलै विवाद हुुने छाँट देखिएको छ । सरकारको काम कारबाहीबारे गरिने समीक्षा र एमसीसीलाई व्यवस्थापन गर्न नेकपाले गर्ने निर्णयले नै पार्टीको भावी कार्यदिशा निर्धारण गर्ने देखिन्छ । असन्तुष्ट पक्षले सरकारको निर्मम आलोचना गर्ने छ । साथै, एमसीसीलाई कसरी लैजाने भन्ने सन्दर्भ पनि स्थायी कमिटीको प्रमुख कार्यभार भित्र परेको छ । यी दुई विषयलाई संवोधन गर्न प्रधानमन्त्री ओलीले कस्तो रणनीति तयार गर्ने हुन्, त्यसैमा सबै कुरा निर्भर गर्ने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार