लकडाउनले गर्दा सौन्दर्य पेशा थला पर्यो : सौन्दर्यकर्मी करुणा पुरी
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार २०:४:६
१२ असार, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा मानबजिबननै भयवित बनेको छ । काेराेनाको असरले गर्दा संसारको अर्थतन्त्र धरासायी बनेको अबस्थामा नेपाल जस्तो गरिब मुलुकले त्यसको असर प्रत्यक्ष भोग्नु परेको छ ।
लामो समयको लकडाउनले गर्दा साना ठुला सम्पूर्ण ब्यापार ब्यबसाय बन्द गर्नुपर्ने स्थितिमा आएका छन् । नेपाली महिलाहरुले स्वरोजगारको रुपमा अपनाएको सौन्दर्य पेशा समेत अहिले संकटमा परेको छ । साना तथा मझौला ब्यापार ब्यबसाय तथा उधोगहरु ताला लगाउने अबस्थामा आईसकेको हुनाले समस्यामा परेका उधोग धन्दा पुनस् संचालनको लागि सरकारी तबर बाट सहयोग हुनु पर्ने र त्यसलाई सहजीकरण गर्दै साना, घरेलु र लघु खालका उद्योग र उद्योगीले आर्थिक भार व्यहोर्नु पर्ने भएकोले नेपाल सरकार मार्फत बैंकको ब्याज मिनाहा गर्नु पर्ने तथा सहज कर्जा उपलब्ध गराएर उधोगलाइ पुनस् संचालन गर्न सहयोग गर्नु पर्नेमा सौन्दर्यकर्मी करुणा पुरीको माग रहेको छ ।
हजारौं महिलाहरुको रोजगारी तथा रोजी रोटि संग जोडिएको सौन्दर्य पेशा अर्थात ब्युटी पार्लर अहिले सम्म बन्द अबस्थामा रहेका छन । सरकारले अन्य व्यवसायहरु खोल्नलाइ अनुमति दिए पनि पार्लर लगायतका अन्य केहि ब्यबसाय माथि बन्देज लगाउदै आएको छ ।
यस्तो विषम परिस्थितिमा सौन्दर्य पेशामा आबद्ध सम्पूर्ण दिदीबहिनीहरु एकजुट भएर आवाज उठाउनु पर्नेमा सौन्दर्यकर्मी पुरी जोड दिन्छीन । सहज रुपमा सौन्दर्य पेशालाइ संचालन गर्न तथा आर्थिक घाटालाइ सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउदैं महिलाहरुले अपनाएको पेशा तथा रोजागरलाइ सुनिस्चित गराउन सम्बन्धित निकायले आबश्यक पहल गरिदिनहुन समेत उनले आग्रह गरेकी छिन ।
बिगत एक दशक देखि करुणाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टर सितापाइला काठमाडौंमा संचालन गर्दै आएकी सौन्दर्यकर्मी करुणा पुरीले हजारौ दक्ष जनशक्ति उत्पादन गरेर महिला दिदीबहिनीहरुलाइ आत्मा निर्भर बनाउदै आएकी छिन । उनले आफ्नो पार्लरमा सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवा सुबिधा प्रदान गर्दै सौन्दर्य तालिम संचालन गर्दै आएकी थिइन् ।
लकडाउनले गर्दा थला परेको सौन्दर्य पेशालाइ कसरि पहिलेकोनै अबस्थामा ल्याउन सकिन्छ भन्ने कुरामा समेत उनि चिन्तित अहिले रहेकी छिन । सामाजिक दुरी कायम राख्दै तथा स्वास्थ्य सुरक्षाका बिधिहरु अपनाएर ब्युटी पार्लरहरु खोल्न दिनु पर्ने र आर्थिक संकट बाट गुज्रिरहेका ब्युटिसियनहरुलाइ राहत प्रदान गर्नु पर्ने सौन्दर्यकर्मी पुरी बताउछिन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा कोइराला
माघ १७, २०८१ बिहिबार
बागमतीलाई पराजित संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि
माघ १७, २०८१ बिहिबार
कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते
माघ १७, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार