स्थायी कमिटीमा ओली नआउँदा मच्चियो हल्ला
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार २०:३३:३४
१२ असार, काठमाडौं । सत्तारुढ नेकपाले ६ महिनापछि स्थायी कमिटी बैठक बोलाएको छ । लामो समय बैठक नबस्दा धरै सदस्यलाई आफ्ना कुरा राख्न उकुसुमुकुस भएको थियो । तर असार १० गतेका लागि बैठक तय भयो । नभन्दै स्थायी कमिटीको बैठक सुरु पनि भयो । दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आ-आफ्ना पीडा पोखे । साथै, नेता माधवकुमार नेपालले मुखको तीतो पनि राखे ।
त्यति गरेर पहिलो दिनको बैठक सकियो । आजका लागि दोस्रो अजेण्डामा छलफल गर्ने तय गरियो । सरकारको काम कारबाहीबारे समीक्षा गर्ने कार्यसूची तयार गरिएको हो । आजको बैठकमा आफ्ना कुरा राख्न शीर्ष नेताहरु मात्र होइन, स्थायी कमिटीका सदस्यहरुसमेत उत्साहित थिए । अजेण्डा पनि सरकारको कार्यशैली नै थियो । मनको तीतो मिठो सबै पखाल्ने चाहना र अभिलाषा धेरैमा रहेको थियो ।
नभन्दै आज बिहान साढे ११ बजे नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगे । सबै आफ्नो तयारीका साथ गएका थिए । बैठक सुरु भयो । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको अध्यक्षता गर्ने उद्घोष गरियो । बैठक सञ्चालनको जिम्मेवारी महासचिव विष्णु पौडेलले पाएका थिए । सोही बमोजिम बैठक प्रारम्भ भयो । त्यतिखेरसम्म बैठक स्थलमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली देखिएनन् । धेरैको कौतुहल मेटाउने काम गरे महासचिव पौडेलले ।
उनले भने–प्रधानमन्त्री ओली अन्य बैठकमा सहभागी हुनुपरेकाले कम्रेड प्रचण्डको अध्यक्षतामा बैठक सुरु गरौं, एकछिनपछि उहाँ आउनुहुने छ । महासचिवको यो जानकारीले शीर्ष नेता मात्र होइन, सदस्यहरुलाई नै निराश बनायो ।स्थायी समिति सदस्य बेदुराम भूषालले त मुखै फोडेर भने – हाम्रा कुरा सुनाउनुपर्ने मुख्य पात्र नै प्रधानमन्त्री हो । उहाँको अनुपस्थितिमा के भन्ने ?
भूषालको जिज्ञाशा मेटाउने प्रयास गर्दै प्रचण्डले भने– बैठक सुरु गर्दै गरौं, एकैछिनमा उहाँ आउनु होला, त्यतिबेलासम्म तपाईहरुले बोलेका कुरा उहाँको जानकारीमा पुु¥याइने प्रबन्ध मिलाएका छौं । आज नै सबैभन्दा महत्वपूर्ण अजेण्डामा छलफल हुँदैछ, तर प्रधानमन्त्री अनुपस्थित हुनुहुन्छ भन्दै अर्का सदस्य भीम रावलले आक्रोश पोख्दै भने भालुका अगाडि पुराण सुनाउने ?
यो नियोजित रुपमै गरिएको षडयन्त्र हो उनी भन्दै थिए– एक त बैठक नै नबोलाउने, बोलाउँदा पनि अनुपस्थित हुने ? यो के चाला हो ? तर प्रधानमन्त्री एकैछिनमा आउने जानकारी महासचिवले पुनः दिएपछि बैठकमा वरिष्ठ नेता झलनाथ खनाल बोल्ने क्रम सुरु भएको बुझिएको छ । गत बैशाख १० गते २० जना स्थायी कमिटी सदस्यले लिखित रुपमा बैठकको माग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार