१८ जना सदस्यले धारणा राखेपछि नेकपा स्थायी समितिको बैठक सकियो
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार २३:४७:३२
१२ असार, काठमाडौं । १८ जना सदस्यले आफ्नो धारणा राखेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ । दोस्रो दिनको बैठकमा पार्टीका १८ जना स्थायी समिति सदस्यले आ आफ्नो धारणा राखेका छन ।
उनीहरुले पार्टी र सरकार सञ्चालनमा असन्तुष्टि जनाएका बालुवाटार स्रोतले जनाएको छ । बैठकको शुरुवातमा बोल्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग पटक पटक वार्ताका लागि पत्र लेखेपनि भारतले जवाफ नदिएको गुनासो गरे ।
उनले पार्टी र सरकार सञ्चालनमा समन्वय नभएको भन्दै यसमा एकरुपता ल्याउनुपर्ने बताए । साथै परराष्ट्रमन्त्री ज्ञवालीले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको पनि दाबी गरे ।
बैठकमा नेताहरु लीलामणि पोखरेल, मात्रिका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारयणकाजी श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।
बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण बैठकमा उपस्थित नभएको जानकारी गराएका थिए । स्थायी कमिटीको बैठक भोलि फेरि बस्नेछ ।
४५ सदस्यीय नेकपा स्थायी कमिटी बैठकमा भोलि बोल्न बाँकी सदस्यले आ आफ्नो धारणा राख्नेछ । नेकपाभित्र एमसिसी, पार्टी र सरकार सञ्चालन, पार्टी एकता, कोरोना नियन्त्रण, सीमा विवादका विषयमा आन्तरिक विवाद चर्केपछि स्थायी समिति बैठक बोलाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार