मृतक परिवारले न्याय नपाएको भन्दै टिपर आवागमनमा रोक
नेपालबहस संवाददाता
असार १२, २०७७ शनिबार १:१५:१९
◊ धीरुभाइ
१२ असार, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुरमा मृतक परिवारलाई न्याय र सडक दुर्घटनामा संलग्न टिपरधनीलाई कारवाहीको माग गर्दै टिपर आवागमनमा रोक लगाइएको छ । गठित संघर्ष समितिले मृतक परिवारलाई न्याय दिलाउन टिपरधनीलाई कारवाहीको माग गर्दै टिपर आवागनमा रोक लगाएका हुन् ।
संघर्ष समितिले टिपरको ठक्करवाट मृत्यु भएका सप्तकोशी नगरपालिका १ फत्तेपुर निवासी ७८ वर्षिय सहरमान राईको परिवारले न्याय नपाएको र टिपरधनीलाई कारबाही नगरिएकोले शुक्रबार बिहानदेखि टिपर आवागमनमा रोक लगाएको स्थानीय दिनेश शर्माले जानकारी दिए ।
समितिले टिपर आतंक वन्द गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेको छ । टिपरलाई जान नदिदा सप्तकोसी भएर उदयपुर प्रवेश गर्ने अधिकांश टिपर फत्तेपुरमै रोकिदा बिचल्ली भएको छ । टिपरधनीलाई कारबाही नगरिसम्म र पीडितले न्याय नपाएसम्म टिपर आवागमनमा रोक लगाउने सघर्ष समितिले जनाएको छ ।
पूर्व पश्चिम लोकराजमार्ग अन्तर्गत जिल्लाको अग्निसाईर कृष्णासवरण गाउँपालिका स्थित महुली पुलमा टिपरले ठक्कर दिदा राईको मृत्यु भएको थियो । गत असार २ गते विशेष कामले राजविराज जाँदै गरेका राईको मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिङ्गो बस्ती नै शौचालयविहीन !
माघ ७, २०८१ सोमबार
नेताले अछुत बनाएको भन्दै गंगाजल छर्केर शहीदको सालिक शुद्धीकरण गरियो
माघ ६, २०८१ आइतबार
मिरोज अहमदले अखिल 'क्रान्तिकारी' केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरे
माघ ६, २०८१ आइतबार
प्रधानमन्त्री कप महिला क्रिकेट : आर्मीको दोस्रो जित, कोशी पराजित
माघ ८, २०८१ मंगलबार
बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
माघ ८, २०८१ मंगलबार
हत्या गरिएको अवस्थामा युवकको शव भेटियो
माघ ८, २०८१ मंगलबार
कार्यकारी आदेशको वर्षासँगै अमेरिकाको बागडोर सम्हाल्दै ट्रम्प
माघ ८, २०८१ मंगलबार
मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी
माघ ८, २०८१ मंगलबार
क्यानको अनुशासन कारबाहीमा परे सन्दीप लामिछाने, एक खेल खेल्न प्रतिबन्ध
माघ ८, २०८१ मंगलबार