सामाजिक विकास मन्त्रालयले माग्यो साग पदक विजेता खेलाडीको विवरण
नेपालबहस संवाददाता
असार १२, २०७७ शनिबार १:४७:५४
१२ असार, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ‘साग’ का पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिन बैंक खातासहितको विवरण मागेको छ ।
कोरोना महामारीका कारण कार्यक्रम गर्न सम्भव नभएपछि सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै खेलाडीलाई नगदसहित सम्मान गर्नका लागि विवरण मागेको हो ।
हाल कोभिड–१९ को महामारीका कारणले सम्मान कार्यक्रम सञ्चालन गर्न नसकिने भएकाले उल्लेखित रकम सम्बन्धित खेलाडीको बैंक खातामा जम्मा गरिदिने र अवस्था सहज भएमा सम्मान गर्ने कार्यक्रम रहेकाले सम्बन्धित खेलाडीलाई यही असार २० गतेभित्र मन्त्रालयमा विवरणसहित निवेदन पेस गर्न हुन अनुरोध गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।
मन्त्रालयको सूचनामा खेलाडीको नाममा रहेको बैंकको नाम ठेगाना र खाता नम्बर, नागरिकता प्रमाणपत्रको प्रतिलिपि सो नभएमा खेलाडीको हकमा स्थानीय तहबाट स्थायी बसोबासको व्यहोरा उल्लेख भएको सिफारिस पत्र, वैवाहिक कारणबाट प्रदेशको प्रतिनिधित्व गर्ने महिला खेलाडीको हकमा विवाह दर्ता प्रमाणपत्र, पदक प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि र खेलाडीको सम्पर्क नम्बर र ठेगानासहितको विवरण मन्त्रालयले माग गरेको छ ।
विसं २०७६ मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन भएको साग प्रतियोगितामा पदक विजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारको पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
त्रिकोणात्मक टी-२० सिरिज: आज नेपाल र क्यानडा खेल्दै
असोज १२, २०८१ शनिबार
साफ यू–१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपल भारतसँग खेल्दै
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार