कांग्रेसले भन्यो, अप्ठ्यारोमा परेका श्रमिकको उद्धार अविलम्ब गरियोस्
नेपालबहस संवाददाता
असार १२, २०७७ शनिबार ३:५८:१७
१२ असार, काठमाडौं । नेपाली कांग्रेसले विदेशमा काम गर्न गएर अलपत्र परेका, समस्यामा परेका, भिसा र करारको म्याद सकिएका कामदारलाई जति सक्दो छिटो स्वदेश ल्याउनका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्ता कामदारको उद्धार गर्न सर्वप्रथम जुन कम्पनीमा कामदार कार्यरत छन्, तिनैलाई उद्धार गर्न लगाउनुपर्ने उल्लेख गरिन । सम्बन्धित कम्पनीले उद्धार गर्न सकेन वा चाहेन भने सम्बन्धित देशको सरकारलाई गराउनुपर्ने र सम्बन्धित देशको सरकारले पनि गरेन भने ढिलाई नगरी नेपाल सरकारले उद्धार गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा गएर अलपत्र परेका कामदारलाई उद्धार गर्ने अन्य कुनै कोष वा सहयोग नभएमा सर्वोच्च अदालतले यही असार १ गते गरेको अन्तरिम आदेशअनुसार राज्य कोषबाट प्राथमिकताका आधारमा तत्काल उद्धार गर्नुपर्ने पत्रमा उल्लेख छ । कोभिड–१९ बाहेकको कारण समस्यामा परेका, बिरामी, घाइते, गर्भवती, सुत्केरी तथा अन्य नेपाली कामदारको उद्धारका लागि पनि पहिला कम्पनी, त्यसपछि सम्बन्धित देशको सरकार र नभए नेपाल सरकारले उद्धार गर्न अविलम्ब कार्ययोजना ल्याउन ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ ।
सांसद सङ्ग्रौलाले विदेशबाट नेपाली कामदारको उद्धार गरेर ल्याउनु अघि उनीहरुले पाउनुपर्ने तलब, बीमा, उपदान, बिरामी बिदालगायतका सुविधा पाए-नपाएको पत्ता लगाएर नपाएको भए सरोकारवाला कम्पनीहरुलाई दिन लगाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन। स्वदेश ल्याइसकेपछि सक्ने कामदारले क्वारेन्टाइन व्यवस्था आफैँ गर्ने र नसक्ने कामदारका लागि सम्बन्धित प्रदेश सरकार तथा पालिकाहरुसँग समन्वय गरी निःशुल्क क्वारेन्टाइनको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
कोरोना बाहेकका कारणले ज्यान गुमाएका नेपाली श्रमिकहरुको शव व्यवस्थापन तत्कालै गर्न आवश्यक रहेको र दाहसंस्कारका लागि स्वदेश ल्याउने वा सम्बन्धित मुलुकमै गर्ने विषयमा परिवारसँग स्वीकृत लिई सो काममा ढिलाइ गर्न नहुने सो ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
तत्काल नेपाल फर्किन नचाहने तथा गन्तव्य मुलुकमा काम गरिरहेका श्रमिकहरुको हक, उनीहरुको खाना, बस्न, औषधोपचार, तलबलगायतको सेवा सुविधाको ग्यारेन्टी भए-नभएको सम्बन्धित नेपाली दूतावासमार्फत बुझ्न लगाई यदि ती सुविधा नभएको भए दिलाउने व्यवस्था गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराइन ।
कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फिर्ता गर्न कांग्रेस सांसदहरु गगनकुमार थापा प्रस्तावक तथा प्रकाश स्नेही र सङ्ग्रौला समर्थक रहेको सार्वजनिक महत्वको प्रस्ताव गत वैशाख २९ गते प्रतिनिधिसभामा दर्ता गरिएको थियो ।
त्यस्तै सांसद सङ्ग्रौलाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई यसअघि दुई महिनामा दुई पटक भेटेर विदेशमा अलपत्र परेका नेपालीलाई छिटो स्वदेश फिर्ता ल्याउनेबारे ज्ञापनपत्र बुझाइसकेको जानकारी गराइन । त्यसयता सरकारले चार्टर्ड उडान गरी खाडीलगायतका मुलुकहरुबाट नेपालीहरूलाई स्वदेश ल्याउने क्रम शुरु गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार