सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न डा महतकाे आग्रह
नेपालबहस संवाददाता
असार १२, २०७७ शनिबार ४:२६:१०
१२ असार, परासी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सीमा समस्या वार्ताबाट समाधान गर्न आग्रह गरेका छन ।
कांग्रेस महासमिति सदस्य एवं नवलपरासी ‘बर्दघाट–सुस्ता पश्चिम’को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको १३ औँ दिनको पुण्य तिथिमा आज कांग्रेस जिल्ला समितिले गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले भने, “कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ ।”
मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसिसी’ सम्झौता संसद्बाट पारित गर्नुपर्ने समेत उनले बताए । कांग्रेसका अर्का केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले एक जुट भएर सङ्गठन निर्माण गर्नुपर्ने बताए । कांग्रेसका जिल्ला सभापति विष्णु पौडेल, प्रदेशसभा सदस्य वैजनाथ जयसवाल, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्तालगायतले शर्माको योगदानबारे प्रकाश पारेका थिए । गाउँपालिका अध्यक्ष शर्माको सडक दुर्घटनामा परी निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार