गण्डकीमा आज ३२ जनामा कोरोनाको पुष्टि, सङ्क्रमितको सङ्ख्या ८३८ पुग्यो
नेपालबहस संवाददाता
असार १३, २०७७ शनिबार १५:५३:५
१३ असार, कास्की । गण्डकी प्रदेशमा आज ३२ जना कोरोना सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ८३८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी स्याङ्जामा २२, बागलुङमा आठ तथा नवलपरासी ‘बर्दघाट सुस्ता पूर्व’मा दुई जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये छ जना महिला छन् ।
बागलुङको काठेखोला गाउँपालिकामा सात र ढोरपाटन नगरपालिकामा एक जना छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा १३ पुरुष र छ महिला, पुतलीबजारमा एक तथा वालिङमा एक जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
त्यसैगरी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा दुई जना रहेका छन् । हुप्सेकोट र वालिङ नगरपालिकाका सङ्क्रमित व्यक्ति आइसोलेसन कक्षमा बसिसकेको तथा अन्य पालिकाका सबै व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयाारी भइरहेको निर्देशक शर्माले जानकारी दिए ।
प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सङ्क्रमण पुष्टि भएको बताइन्छ । प्रदेशमा हालसम्म बागलुङमा १५१, स्याङ्जामा १५८, नवलपरासीमा २१२, पर्वतमा ७२, मुस्ताङमा एक, कास्कीमा ३६, मनाङमा एक, लमजुङमा २३, गोरखामा ८२ र तनहुँमा १०२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यसैगरी अहिलेसम्म विभिन्न अस्पतालमा उपचारपछि ११८ जना निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ । सङ्क्रमित दुई जनाको भने मृत्यु भएको छ । प्रदेशमा नौ हजार ४५८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा सात हजार ९५८ जनामा सङ्क्रमण नदेखिएको र ८०० जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौं : मन्त्री पौडेल
कात्तिक २०, २०८१ मंगलबार
'रेड नोटिस' जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
कात्तिक २०, २०८१ मंगलबार
विद्युत् बक्यौता तत्काल तिराउने काम रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज, प्राधिकरणलाई राहत
कात्तिक २०, २०८१ मंगलबार