मध्यपहाडी लोकमार्गको कास्की खण्ड हिलाम्मे
नेपालबहस संवाददाता
असार १३, २०७७ शनिबार २०:२९:८
१३ असार, कास्की । धौलागिरी अञ्चलका पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङको ‘लाइफलाइन’ रहेको पोखरा–बाग्लुङ राजमार्गमा यात्रा गर्ने यात्रुले यति बेला सास्ती बेर्होनु परेको छ ।
राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डको पोखरा महानगरपालिका–२५ याम्दीदेखी घट्टेखोलासम्मको सडक बर्खायाममा हिलाम्मे हुँदा सो लोकमार्ग भएर यात्रा गर्नेले कष्ट भोग्न बाध्य बनेका छन् ।
बन्दाबन्दीले लोकमार्गको काम रोकिदा बर्खामा सडक हिलो र पानीले भरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे्रसमेतको केही वडावासी सोही सडक भएर यात्रा गर्ने गर्दछन् ।
मध्यपहाडी लोकमार्ग विस्तार शुरु भएपछि साविकको दुई लेनको पक्की कालोपत्रे सडक अहिले भत्काइएपछि ठाउँ/ठाउँमा सडकमा पानी जमेर हिलो हुँदा राजमार्गमा यात्रा गर्नेले हैरानी बेहोर्न बाध्य छन् भने अत्यावश्यक एम्बुलेन्ससमेत रोकिने र हिलोमा फस्ने गरेको छ ।
सुइखेतदेखि घट्टेखोलासम्मको दुई किमी सडक अहिले सवारी चालक तथा यात्रुका लागि धराप बनेको र स्तरोन्नतिका लागि विस्तार गरिएको सडकमा पानी पर्न थालेपछि सवारी साधन हिलोमा फस्ने, दुर्घटना हुने र बाटोमा रोकिनुपर्ने बाध्यता रहेको स्थानीवासीको गुनासो छ ।
कास्कीको माछापुच्छ्रेको गाउँपालिका–७ धम्पुसका बैकुण्ठ भण्डारी पोखरा आवतजावतका लागि अहिले अन्नपूर्ण गाउँपालिकाको नागडाँडा निस्केर सराङकोट हुँदै जानुपर्ने बाध्यता रहेको बताउँछन ।
घर नजिकको लोकमार्ग हुँदै जाँदा आधा घण्टामा पोखरा आउनजान सकिने अवस्था रहेपनि जोखिमपूर्ण र हिलाम्मे सडकमा गाडी चलाउन नसकिने हुँदा एक घण्टाभन्दा बढी समय लाग्ने घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा रहेको बताउँछन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार