कोभिड १९ बाट सुरक्षित रहन जनचेतना फैलाउने पुस्तक प्रकाशन
नेपालबहस संवाददाता
असार १३, २०७७ शनिबार २३:२८:५२
१३ असार, काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघले कोभिड–१९ संक्षिप्त जानकारी तथा कार्यस्थलको तयारी पुस्तिका प्रकाशन गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको कारण लाखौले ज्यान गुमाई सकेका र लाखौं संक्रमित भईसकेको वर्तमान अवस्थामा नेपालमा पनि संक्रमण दिनहुँ बढिरहेकोले कोभिड १९ बाट सुरक्षित रहन जनचेतना फैलाउने उद्वेश्यले यो पुस्तक प्रकाशन गरिएको प्रकाशन समितिका संयोजक अरुण सापकोटाले बताए ।
उक्त पुस्तक वितरणको सुभारम्भ कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमले उक्त पुस्तक उद्योग व्यवसाय लगायत विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी तथा सम्पुर्ण नेपालीहरुलाई समेत कोभिड १९ को संक्रमणबाट बच्न र सुरक्षित रहन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । साथै कोभिड १९ को कारण समस्यामा परेका मुद्रण उद्योगी/व्यवशायीहरु प्रति राज्य उदार हुन नसकेकोमा दुःख व्यक्त गर्दे उद्योगी/व्यवाायीहरुलाई यो संकटको समय संरक्षण गर्न सरकार अगाडि बढ्नुपर्नेमा जोड दिनु हुँदै सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागू गर्दा उद्योगी/व्यवसायीलाई समस्या परेकोले यातायातका साधनको वैकल्पिक व्यवस्था नहुँदासम्म जोर–विजोर प्रणाली खारेज गर्नुपर्नेमा जोड दिए ।
कोभिड–१९ को बारेमा संक्षिप्त जानकारी, संक्रमण नियन्त्रण गर्न अपनाउनुपर्ने सावधानी, कार्यक्षेत्रमा पर्नसक्ने असरहरु, कार्यस्थल सुरक्षा तथा सहजताको लागि योजना तथा कार्यविधि, संक्रमण हुन सक्ने जोखिम अनुसार वर्ग विभाजन, फोहोरको व्यवस्थापन तथा परीक्षण सम्बन्धी जानकारी लगायतका विषयहरु समेटेर तयार पारिएको उक्त कोभिड– १९ संक्षिप्त जानकारी तथा कार्यस्थलको तयारी पुस्तक लेखन तथा सम्पादन वरिष्ठ फर्मासिष्ट विवेक सिंह महत र फर्मासिष्ट चन्द्रिका अधिकारीले गरेका हुन् ।
५८ पेज रहेको उक्त पुस्तकबारे प्रकाश पार्दै लेखक महतले यो पुस्तकले कोभिड–१९ नियन्त्रण तथा जनचेतनाको लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे । निःशुल्क वितरण गरिने उक्त पुस्तक प्रकाशनमा महत्वपूर्ण सहयोग पु¥याउनुहुने गोपाल प्रसाद ढकाल, श्याम गैरे र लेखकद्वयलाई सम्मान गरिएको थियो । उक्त पुस्तकबारे मुद्रण उद्योग महासंघका निवर्तमान अध्यक्ष माधव केसी, महासचिव यूवराज श्रेष्ठ, सल्लाहकार भरत श्रेष्ठ, काठमाण्डौ मुद्रण उद्योग संघका अध्यक्ष घननारायण श्रेष्ठ, सल्लाहकार प्रेम उपाध्याय र ललितपूर मुद्रण उद्योग संघका अध्यक्ष कमल पोखरेलले प्रकाश पारेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार