खास आर्यको आरक्षणमा राजपाको संशोधन प्रस्ताव
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार १७:२७:४५
१४ असार, काठमाडौं । संविधानतः सरकारले खस आर्यलाई ३० प्रतिशत आरक्षण दिने व्यवस्था गरेपछि त्यसकाे विरोधमा मधेश केन्द्रीत राजनीतिक दलले संशोधन प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रिय जनता पार्टी राजपा नेपालले राष्ट्रिय अनुसन्धान विभाग गुप्तचर सेवामा खसआर्यलाई दिन प्रस्ताव गरिएको आरक्षण प्रतिशत घटाउन माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेको हो ।
राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको गुप्तचरसम्बन्धी विधेयक विशेष सेवा विधेयकमा खसआर्यलाई ३० प्रतिशतबाट घटाएर १० प्रतिशत मात्र आरक्षण दिने व्यवस्था गरिएकाे छ । राष्ट्रिय सभामा पेश भएको विधेयकमा सुरुमा खस आर्यलाई आरक्षणको व्यवस्था थिएन । संविधानमै खस आर्यको कलष्टर रहेको भन्दै राष्ट्रिय सभाले खस आर्यलाई १० प्रतिशत आरक्षण हुने गरी विधेयक संशोधन गरेको थियो ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरुले खस आर्यलाई ३० प्रतिशत आरक्षण दिन माग गर्दै विधेयकमा संशोधन हालेका थिए । तर, विपक्षी दलहरु कांग्रेस, समाजवादी पार्टी र राजपा नेपाल तयार नहुँदा राष्ट्रिय सभाले १० प्रतिशतको व्यवस्थासहितको विधेयक पारित गरेर प्रतिनिधि सभामा पठाएको छ ।
यसअघि दलित, जनजाती, महिला र पछाडी पारिएका समुदायका लागि आरक्षणको व्यवस्था गरिएको भन्दै विरोध हुदै आएको थियो । तर सरकारले नै खस आर्यलाई पहिलो प्राथमिकता राखेर विधेयक पारित गरेपछि मधेशी एवं जनजातिले बिराेध गरेपनि खसआर्य भने खुशी भएका छन् ।
समानुपातिक र समावेशीका नाममा गणतन्त्रले सिर्जना गरेको मधेशी, जनजाति, महिलालाई आरक्षणको विशेष व्यवस्थाले दक्षता र क्षमता भएर पनि क्षेत्रीबाहुनहरु राज्यको हरेक नियुक्तिमा पछाडि पर्दै आएका छन् । तर स्वगीय प्रधानमन्त्री शुशील कोइरालाले संविधान निमार्णका क्रममा चलाखीपूर्वक खसआर्यलाई संविधानको प्रस्तावनामै आदिबासी वर्गमा समेटी आरक्षणको व्यवस्था गरेपछि यसबाट केही राहतको महशुस भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार