बाह्रबिसेमा पीसीआर उपकरण मिलाइदिने आश्वासन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार १७:५२:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/pcr_gIAIFTYYEC.jpg)
१४ असार, काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत काेराेना भाइरसको सङ्क्रमण रोकथाम गर्न पार्टी एवं व्यक्तिगत रुपमा स्थानीय जनतालाई सहयोग गर्नेक्रम जारी राखेका छन् । उनले शनिबार सिन्धुपाल्चोक क्षेत्र नं १ स्थित बाह्रबिसेको अस्पतालमा पीसीआर प्रविधिको व्यवस्था मिलाइदिने प्रतिबद्धता जनाए ।
कोरोना रोकथाम र उपचारमा सरकारीस्तरबाट जनअपेक्षाअनुसार काम हुनु नसकेको भन्दै उनले नेपालमा कोरोना सङ्क्रमण देखिएको महिनौँ बितिसक्दा पनि एक तिहाइ जिल्लामा पनि पीसीआर प्रविधिबाट स्वाब परीक्षण गर्ने व्यवस्था हुन नसकेकाले जनस्तरबाट समेत सक्रिय भूमिका खेल्नुपर्ने देखिएको बताए ।
उनले हालसम्म विदेशबाट भित्रिनेलाई उचित क्वारेन्टाइनको व्यवस्था हुन नसकेको, सङ्क्रमणको आशङ्का भएकाहरुको स्वाब परीक्षण समयमा हुन नसकेको, कन्ट्याक्ट ट्रेसिङमा उचित ध्यान नगएको, समयमा आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता नभएको, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउने काम नभएको, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता देखिएको लगायतका कारणबाट कोरोनाको जोखिम बढेको आरोप समेत लगाए ।
पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका उनले यसअघि पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थासँग मिलेर जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आम नागरिकलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएको र सो कार्य अझै जारी रहेको बताए । साथै उनले आफ्नै पहलमा जिल्लाभरि ६१३ जना स्वास्थ्यकर्मीको कोरोना बीमा गरे ।
साथै नेपालकै पहिलो कोरोनाबाट मृत्यु भएकी नौदिने सुत्केरी सावित्री तिमिल्सिना चालिसेका नवजात शिशुलाई पौष्टिक आहारका लागि रु एक लाख नगदको प्रबन्ध र १२ कक्षासम्मको अध्ययनमा सहयोग गर्ने एवं त्यसपछि रोजगारीको व्यवस्था मिलाइदिने घोषणासमेत गरे । अब एम्बुलेन्स चालक र नेपाल प्रहरीको कोरोना बीमा गरिदिने क्रममा रहेको उनले उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार