नेकपाद्वारा सत्ताको चरम दुरुपयोग, बालुवाटार निवास सरकारी कि पार्टीको ?
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार १९:१२:१९
१४ असार, काठमाडौं । नेपाली जनताको झण्डै दुुई तिहाई समर्थन प्राप्त नेपाल कम्युनिष्ट पार्टी सत्ताको चरम दुरुयोग गर्दैछ । जनताको करबाट उठेको रकम उसका लागि उल्फाको धन फुपुको श्राद्ध जस्तो भएको छ । प्रधानमन्त्रीको सरकारी निवास पार्टीको अघोषित कार्यालय बनेको छ ।
पार्टीका सबै बैठक र कार्यक्रम त्यही आयोजना गरिन्छ । सधैं सरकारी रकम खर्चदै भोजभतेरको आयोजना हुने गरेको छ । अहिले पनि स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमै आयोजना भइरहेको छ । विचित्रको अवस्था चाहिं के छ भने आफ्नै निवासमा आयोजना गरिएको बैठकमा प्रधानमन्त्री भने सहभागी हुँदैनन् ।
प्रधानमन्त्रीले स्थायी कमिटी बैठकलाई वास्ता नगरेको भन्दै केही नेताले आक्रोश पोखे । तर बैठकस्थल परिवर्तन गर्न भने चाहेनन् । किनभने सरकारी ढुकुटीको चरम दोहन गर्न मिल्ने भएकाले नै नेकपा नेताहरु यस्ता कार्यक्रम बालुवाटारमै गर्न चाहन्छन् ।
राजनीतिक रुपमा मात्रै नभई बालुवाटारलाई आर्थिक रुपमा समेत चरम दोहन गर्ने थलो बनाइएको छ । पार्टी कार्यालयमा गर्नुपर्ने सबै कार्यक्रम बालुवाटारमै हुने गरेको छ । यसबापत राज्यकोषबाट महिनामा कम्तिमा दश लाख रुपियाँ खर्च आउने गर्छ । त्यो सबै खर्च राज्यकोषबाट गरिने गरेको छ ।
नेकपाले यस्तो चरम दुरुपयोग गर्दासमेत कसैले विरोध गर्न सकेका छैनन् । प्रतिपक्षी दल पनि यो प्रकरणमा मौन छ । राज्यको सम्पतिको चरम दुरुपयोग हुँदा नबोल्ने प्रतिपक्षीको के काम ? धेरैले यस्तो प्रश्न गर्न थालेका छन् । बालुवाटारमा गरिने कुनै पनि बैठक सिद्धान्त र विचारमा आधारित हुन छाडिसकेको छ । हरेक बैठकमा नेताहरु राजनीतिक दाउपेच र स्वार्थ देखाउने गरेका छन् । त्यसैले को कुन आसनमा बस्यो वा कस्ले सोफा पायो जस्ता विषयमा बैठक केन्द्रित हुन थालेको हो ।
नेकपाले यस्ता सबै बैठक बालुवाटारमै गरेर पार्टीको खर्च जोगाउने मात्र नभई जनताको करको चरम दुरुपयोगसमेत गरेको छ । सत्ता र शक्तिको बलमा सरकारी सम्पति लुट्ने प्रवृत्तिलाई समयमै लगाम नलगाउने हो भने भोलि परिस्थिति अझै जटिल र भयावह बन्न सक्ने देखिन्छ ।
प्रधानमन्त्री निवासको दुरुपयोग गरिएका थुप्रै दृष्टान्त छन् । तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकताको घोषणासमेत बालुवाटारमै गरिएको थियो । ०७५ साल जेठ २ गते भएको घोषणाको भोलिपल्ट प्रधानमन्त्रीको सरकारी निवासमा झण्डै पाँच सय नेता कार्यकर्ताले भोज भतेर नै खाएका थिए । त्यो सबै खर्च सरकारी कोषबाट गरिएको थियो ।
त्यसपछिको पहिलो एकीकृत पार्टीको केन्द्रीय कमिटीको बैठक पनि बालुवाटारमै आयोजना गरिएको थियो । त्यहाँ पनि पाँचसय जना भन्दा बढीले भोजसहितको कार्यक्रम गरेका थिए । यस्तै पार्टी कार्यालयबाट गरिने ससाना कार्यक्रमसमेत बालुवाटारमै गरिने गरेको छ । यस्तै पार्टीको स्थायी कमिटी र सचिवालय बैठक त सधैं सरकारी निवासमै हुने गरेको छ ।
यसवापत राज्य कोषमा कतिको व्यय भार परेको छ भनेर कसैले खोजीनीति गर्ने गरेका छैनन् । त्यसले नेकपा नेताहरुलाई थप उत्साही बनाएको प्रतीत हुन्छ । अधिकांश बैठक बालुवाटारमै हुने गर्दा कार्यकर्ताहरु भने अन्यौलग्रस्त भएका छन् । पहुँच नभएका सामान्य कार्यकर्ता बालुवाटार पुग्न सक्दैनन्, उनीहरुको काम पार्टी कार्यालयबाट हुने अवस्था रहन्न ।
अहिले पनि नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमै भइरहेको छ । यो भनेको खुलेआम भ्रष्टाचार हो– राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी भन्छन् । सरकारी निवास कार्यालय र सेवा सुविधाको दुरुपयोग पार्टी प्रयोजनका लागि गरिनु भनेको अख्तियारको समेत चरम दुरुपयोग हो – डा. केसी भन्छन् ।
राज्यको सम्पति कुनै पार्टी विशेषको लागि खर्च गरिने कुरा कुनै पनि दृष्टिले उपयुक्त हुन सक्दैन भन्दै उनले राज्यको श्रीसम्पतिको रक्षा गर्ने दायित्व स्वयं प्रधानमन्त्रीको भएको पनि स्मरण गराए । तर जो अगुवा , उही बाटो ….. भने जस्तो अवस्था छ – उनी भन्छन् ।
प्रधानमन्त्री नै अनुपस्थित रहने गरेको बैठक किन बालुवाटारमै राखिएको होला ? धेरैले प्रश्न उठाएका छन् । यसको चित्तबुझ्दो जवाफ दिने हैसियत कुनै नेताको छैन । यस्ता बैठक पार्टी कार्यालयमा गर्ने परिपाटी बसाउनु पर्नेमा सरकारी ढुकुटी लुट्ने प्रवृत्तिलाई बढावा दिइनु अनैतिकताको पराकाष्ठा भएको अधिकारकर्मी कृष्ण पहाडीको भनाई छ ।
यो भनेको पाखण्ड नै हो, सरकारी सम्पतिमा पार्टीले रजाईं गर्ने ? उनी आक्रोश पोख्छन् । यस्ता अनियमितता र अख्तियारको दुरुपयोग गर्नेमाथि कारबाही गर्ने निकायको मौनताप्रति पनि उनको गुनासो छ । राज्यका ती निकाय चाहिं किन चूपचाप ? उनी प्रश्न गर्छन् । पार्टी कामका लागि हुने भेला र भोजभतेरमा के कति खर्च हुन्छ, त्यसका विवरण सार्वजनिक गरिने गरेको छैन । जनताको करबाट भएका खर्च सबै पारदर्शी हुनुपर्छ – अधिकारकर्मी पहाडी भन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार